2 April 2025
KALIKATIMES.COM

घुससहित मालपोत कार्यालय बाराका खरिदार र लेखापढी पक्राउ

वीरगंज । मालपोत कार्यालय बारामा कार्यरत खरिदार र लेखापढी गर्ने पक्राउ परेका छन्। 

अख्तियार दुरूपयोग अनुसन्धान आयोग टंगालले दुई जनालाई १५ हजार घुससहित पक्राउ गरेको प्रवक्ता भोला दाहालले जानकारी दिए। 

पक्राउ पर्नेमा मालपोत कार्यालय बाराका खरिदार रामविश्वास साह र लेखापढी गर्ने गौरीशंकर कुशवाह छन्।

जग्गा रजिष्ट्रेशन पास गराइदिने भन्दै सेवाग्राहीसँग घुस रकम माग गरेको भन्ने सूचना अख्तियारले पाएको थियो। उक्त सूचनाको आधारमा खटिएको टोलीले आइतबार उनीहरूलाई पक्राउ गरेको हो ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

एमालेको सड़क प्रदर्शनले सरकारको असफलतालाई पुष्टी गर्छ : प्रभु साह

कालिका टाईम्स

पर्सागढीकाे शिक्षक नियुक्ति विवाद अदालत सम्म पुग्याे

कालिका टाईम्स

फस्ट स्टेप प्रिस्कुलकाे दाेस्राे बार्षिकाेत्सव सम्पन्न

कालिका टाईम्स
SQL requests:214. Generation time:6.385 sec. Memory consumption:82.46 mb