वीरगंज । कृष्णा फाउन्डेसन दोस्रो परवानीपुर गोल्डकप २०७९ को उपाधी वीरगंज युनाईटेड क्लब वीरगंजले उचालेको छ । परवानीपुर खेल मैदानमा भएको फाईनल प्रतियोगीतामा जनकपुर स्पोर्ट क्लब जनकपुरलाई हराउँदै वीरगंज युनाईटेड क्लब वीरगंजले उपाधि उचालेको हो ।
प्रतियोगीतामा जनकपुर स्पोर्ट क्लब जनकपुरलाई ०–५ गोल अन्तरले पराजित गर्दै वीरगंज युनाईटेड क्लब वीरगंजले उपाधि उचालेको आयोजक परवानीपुर युथ क्लबका महासचिव दिपक यादवले बताए । प्रतियोगितामा विजेता वीरगंज युनाईटड क्लब वीरगंजले १ लाख ५० हजार नगद शिल्ड तथा मेडल प्राप्त गरेको थियो ।
विजेतालाई प्रदेश सभा सदस्य जितेन्द्र सोनारले पुरस्कार वितरण गरेका थिए भने उपविजेता जनकपुर स्पोर्ट क्लब जनकपुरले ७५ हजार नगद शिल्ड तथा मेडल पाएको छ । उपविजेतालाई परवानीपुर गाँउपालिकाका अध्यक्ष रामक्षत्री कुर्मीले पुरस्कार वितरण गरे ।
खेलको म्यान अफ दि म्याच वीरगंज युनाईटड क्लबका चतुरधन चौधरीले र म्यान आफ दि सिरिज अभिशेख चौधरीले पाए । प्रतियोगीतामा वीरगंज युनाईटेड क्लबका विकाश चौधरीले बेस्ट डिफेन्डर, दिलमणी चौधरी वेस्ट गोलकिपरको पुरस्कार पाएका हुन ।
यस्तै जनकपुर स्पोर्ट क्लब जकनपुरका खेलाडी राकेश यादवले बेस्ट फरवार्ड खेलाडीको पुरस्कार पाएका थिए । जनकपुर स्पोर्ट क्लब जकनपुरका खेलाडी संजय मगरले मिड फिल्डरको पुरस्कार पाए ।
यस्तै वीरगंज युनाईटेड क्लबका वेस्ट कोचको पुरस्कार मुना चौचारीले पाए । प्रतियोगितामा मधेश प्रदेशका ६ वटा र बागमती प्रदेशका दुई वटा गरी ८ टिमको सहभागी भएको थियो ।