24.6 C
Birgunj
23 October 2024
KALIKATIMES.COM

पत्रकार महासंघ पर्साको आयोजनामा सौराहामा ३ दिने तालिम सुरु

वीरगंज । चितवनको सौराहामा आम संचारकर्मीहरुको दक्षता अभिवृद्धि सम्बन्धी तीन दिने तालिम आजदेखि सुरु भएको छ ।

नेपाल पत्रकार महासंघ पर्सा शाखाको आयोजना र वीरगन्ज महानगरपालिकाको आर्थिक सहयोगमा तीन दिने तालिम सुरु भएको हो ।

तीन दिने तालिमको उद्घाटन नेपाल पत्रकार महासंघका पुर्व मध्यमान्चल संयोजक एवं वीरगन्ज महानगरपालिकाका प्रेस सल्लाहकार महेश दासले गरेका थिए ।

तालिमको उद्घाटन गर्दै दासले नेपाल पत्रकार महासंघ पर्सा शाखाको ईतिहासमा पहिलो पटक जिल्ला बाहिर तालिमको व्यवस्था गरीएकाले यसलाई अवसरको रुपमा लिन सुझाव दिए ।

साथै उनले तिन दिने तालिमलाई सिकेका कुरालाई प्रभावकारी रुपमा व्यवहारमा लागु गर्न सबै पत्रकारहरुलाई आग्रह गरेका थिए ।

नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष अनुप तिवारीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रिय परिषद सदस्य महेश चन्द्र गौतम, प्रेस युनियन नेपालका केन्द्रिय सदस्य निलिमा पौडेल, प्रेस सेन्टरका केन्द्रिय सदस्य कृष्णाउदास खनाल, प्रेस चौतारी नेपाल पर्साका उपाध्यक्ष विजय भण्डारी, समाजवादी प्रेस संगठन नेपाल पर्साका उपाध्यक्ष शम्भु कुमार सुमन सहितका पत्रकारहरु सहभागीता रहेको छ ।

शुक्रबारको तालिममा नेपाल पत्रकार महासंघका पुर्व अध्यक्ष डा.महेन्द्र बिष्टले प्रशिक्षण दिने छन । तिन दिने तालिममा पर्साका करिब ३५ जना पत्रकारहरु सहभागी भएका छन ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता हुने

कालिका टाईम्स

माओवादी केन्द्र पाेखरियाले २१ बुंदे माग राख्दै नगरपालिकालाई बुझायाे ज्ञापन

कालिका टाईम्स

सिनेमा हलमा एमआरपीभन्दा बढी मूल्यमा खानेकुरा बिक्री गर्न नपाइने

कालिका टाईम्स
SQL requests:215. Generation time:3.412 sec. Memory consumption:81.45 mb