21.1 C
Birgunj
25 October 2024
KALIKATIMES.COM

ठाकुर राममा नि:शुल्क स्वास्थ्य परिक्षण

वीरगंज । भाेट फर चेन्ज इन्डेपेन्डेन्ट स्टुडेन्ट युनियनकाे आयोजनामा आइतबार ठाकुर राम बहुमुखि क्याम्पस वीरगंजमा आँखा, नाक, कान र खाँटीकाे निशुल्क परिक्षण गरिएकाे छ ।

किरण आँखा अस्पतालको सहयोगमा भएकाे कार्यक्रममा १५० छात्रासहित ४ सय जनाकाे निशुल्क स्वास्थ्य परिक्षण गरिएकाे ठाकुर राम क्याम्पसका विद्यार्थी नेता जितेन्द्र मिश्राले जानकारी दिए । 

क्लेज परिसरमा भएकाे कार्यक्रममा डा.अमर क्याल, डा.बन्दना क्याल, डा. सलिजा नन्द भुरेल, डा.पवन यादव र डा. बिबेक कुमार यादवले क्लेजका विद्यार्थी तथा कर्मचारीहरुकाे स्वास्थ्य परिक्षण गरेकाे मिश्राले वताए ।

स्वास्थ्य परिक्षण कार्यक्रमकाे उद्घाटन ठाकुर राम क्याम्पसका निर्वतमान स्ववियु सभापति मुकेश दुबेदीले गरेका थिए ।

उद्घाटन कार्यक्रममा उमा शंकार गुप्ता, कृष्णा पासवान,आलमगिर अन्सारी, अनिश पटेल, किरण यादव, मुराज आलम, सन्तोष साह, मुना साह, सन्तोष केसरी, गोपाल पास्वान, मनिश यादव, गौतम यादव, अफ्रोज आलम लगायतकाे उपस्थिति रहेको थियो ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

वीरगंजमा विभिन्न कार्यक्रम गरि विश्व पाेलियाे दिवस मनाइयाे

कालिका टाईम्स

पर्सा प्रहरीद्वारा एक विघा गाँजा खेती नष्ट

कालिका टाईम्स

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता हुने

कालिका टाईम्स
SQL requests:216. Generation time:3.448 sec. Memory consumption:81.44 mb