2 April 2025
KALIKATIMES.COM

वीरगंजमा निसासिएर दुई जनाकाे मृत्यु

वीरगंज । पर्सामा कोईला बालेर सुतेका २ जना भारतीय नागरिकको निसासिएर मृत्यु भएको छ । वीरगंज महानगरपालिकाकाे वडा नम्बर २२ जगरनाथपुरस्थित त्रिपती ट्रेडिङ एण्ड सप्लार्यस कोइला डिपो रेखदेख गर्ने २ जना कर्मचारीको मृत्यु भएको पर्सा प्रहरीले जनाएको छ ।

मत्यु हुनेमा भारत बिहार राज्य मोतिहारी जिल्ला थाना रक्सौल कौवा ठेगर वडा नं. ७ बस्ने २९ वर्षीय पबित्र गिरी र भारत बस्ने सोही डिपोका म्यानेजर ३० वर्षीय मिथलेश यादव रहेका छन् । गएराति कोईला डिपोको एकतले पक्की भवनको कोठाभित्र झ्याल ढोका बन्दगरी राति सुतेका उनीहरु बिहान अबेरसम्म नउठेपछि प्रहरीको उपस्थितिमा ढोका फोडेर हेर्दा दुवै जना मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक दिपक गिरीले जानकारी दिए ।

नारायणी अस्पतालबाट चिकित्सक सहितको टोली घटनास्टथल पुगेर घटनाको अनुसन्धान गर्ने क्रममा तगारीमा पत्थर कोइला वालेर झ्याल ढोका बन्द गरी सुतेको हुँदा उनीहरुको अक्सीजनको कमीका कारण निसास्सिएर मृत्यु भएको देखिएकाे प्रवक्ता गिरीले बताए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

एमालेको सड़क प्रदर्शनले सरकारको असफलतालाई पुष्टी गर्छ : प्रभु साह

कालिका टाईम्स

पर्सागढीकाे शिक्षक नियुक्ति विवाद अदालत सम्म पुग्याे

कालिका टाईम्स

फस्ट स्टेप प्रिस्कुलकाे दाेस्राे बार्षिकाेत्सव सम्पन्न

कालिका टाईम्स
SQL requests:214. Generation time:3.042 sec. Memory consumption:82.46 mb