24.6 C
Birgunj
23 October 2024
KALIKATIMES.COM

सेकेण्ड फेलोसिप क्रिकेट प्रतियोगितामा पत्रकार महासंघ विजयी

परवानीपुर । सेकेण्ड फेलोसिप क्रिकेट प्रतियोगिता २०२२ को उपाधि नेपाल पत्रकार महासंघ पर्साले उचालेको छ । वीरगंजस्थित ज्ञानदा एकडेमीमा शनिबार आयोजित प्रतियोगितामा रोटरी क्लबलाई ९ बिकेटले हराउदै महासंघ बिजयी भएको हो ।

६ ओभरको खेलमा रोटरी क्लबले ६२ रनको टारगेट दिएको थियो । जवाफी व्याटिङ्गमा उत्रेकाे महासंघले ३ बल अगाडि नै १ बिकेटको क्षतिमा लक्ष्य भेटाएको थियो । प्रतियोगितामा सफल खतिवडा, सदाम हुसेन र अरबिन्द पटेलले आक्रमक ब्याटिङ्ग गरेका थिए ।

महासंघका कप्तान भुषण यादवले चौका प्रहार गर्दैैै खेल जिताएका थिए । यादवको कप्तानीमा खेलिएको प्रतियोगितामा आरोहण साह, राम मेहता, बिनय कुशवाहा, कृष्णा कुशवाहा, आनन्द पटेल, तिवारी यादवले उत्कृष्ट प्रर्दशन गरेका थिए ।

बैंकर एशोसियनलाई पराजित गर्दै सुखद सुरुवात गरेको महासंघले सेमिफाईनलमा वीरगंज उद्योग वाणिज्य संघलाई पराजीत गरि फाईनमा प्रवेश गरेको थियो । प्रतियोगिता अन्तर्गत खेलिएको तिन वटै खेलको म्यान अफदि म्याच महासंघका सदाम हुसेन र म्यान अफ दि सिरिजको उपाधि पनि सदामले पाएका थिए ।

बलिङ्ग तर्फ महासंघका सदाम हुसेनले ह्याट्रीक लिदै प्रतियोगितामा कुल ६ बिकेट लिदै ३२ रन बनाएका थिए । त्यस्तै प्रतियोगितामा सफल खतिवडाले २ तथा अरबिन्द पटेल र आनन्द पटेलले एक एक बिकेट हात पारेका थिए ।

सो प्रतियोगितामा ६ वटा टिमको सहभागिता रहेको थियो । प्रतियोगितामा नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष अनुप तिवारी , सहसचिव जितेन्द्र साह, कोषाध्यक्ष संजिव मिश्रा, बरिष्ठ पत्रकार बिजय कुशवाहा, प्रेस चाैतारी पर्साका उपाध्यक्ष तुलसीराज भण्डारी, कोषाध्यक्ष राकेश साह लगायतको उपस्थिती थियो । एनवाईईफ र वीरगंज बैंकर्सको आयोजनामा प्रतियोगिता सम्पन्न भएको थियो ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता हुने

कालिका टाईम्स

माओवादी केन्द्र पाेखरियाले २१ बुंदे माग राख्दै नगरपालिकालाई बुझायाे ज्ञापन

कालिका टाईम्स

सिनेमा हलमा एमआरपीभन्दा बढी मूल्यमा खानेकुरा बिक्री गर्न नपाइने

कालिका टाईम्स
SQL requests:215. Generation time:3.547 sec. Memory consumption:81.45 mb