24.6 C
Birgunj
23 October 2024
KALIKATIMES.COM

सशस्त्र प्रहरीले भन्सार छलिकाे सामान बाेकेकाे ३ ट्रक नियन्त्रणमा लिएर राअका बुझायाे

वीरगंज । सशस्त्र प्रहरीले रु. एक करोड १३ लाख ४८ हजार ८ सय ५८ बराबरको ३ वटा ट्रक सहितको सामान नियन्त्रणमा लिई राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाईएको छ ।

साेमबार राति ११:३० बजेको समयमा विरगंज महानगरपालिकाकाे वडा नं. २४ स्थित रामगढवामा वि.ओ.पि. ड्राईपोर्ट र वि.ओ.पि. सिर्सियाबाट खटिएको संयुक्त टोलिले क्यारियर्समा विलमा उल्लेख भए भन्दा बढि सामान लोड भएकोना ३ ख १००९, ना ६ ख ७१ र ना ६ ख १८७८ नम्बरकाे ट्रक नियन्त्रणमा लिएकाे हाे ।

विशेष सुचनाको आधारमा मूल्य रु ९० लाख बराबरको ३ वटा ट्रक र उक्त ट्रकहरुमा लोड भएको रु. २३ लाख ४८ हजार ८ सय ५८ बराबरको कस्मेटीक सामान, लेडिज जुत्ता, स्टेसनरीको सामान, ईलेक्ट्रिक सामानहरु नियन्त्रणमा लिइएकाे सशस्त्र प्रहरी बल नं. १३ गण पर्साका सुचना अधिकारी सशस्त्र प्रहरी नायब उपरिक्षक सन्ताेष बस्नेले जानकारी दिए ।

जम्मा मुल्य रु. १ कराेड १३ लाख ४८ हजार ८ सय ५८ बराबरको सामान सहितकाे ३ वटा ट्रक नियन्त्रणमा लिई आवश्यक कारवाहिको लागि राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाईएको सुचना अधिकारी बस्नेतले जानकारी गराए ।

जय माँ दुर्गा रोड क्यारियर्सबाट लोड भएको ना ३ ख १००९ नम्बर ट्रककाे सामानको मुल्य रु. १० लाख ५४ हजार ६ सय ३६, श्री दुर्गा रोड क्यारियर्सबाट लोड भएको ना ६ ख ७१ नम्बरकाे ट्रककाे सामानको मुल्य रु ९ लाख ३२ हजार ६ सय ८० र श्री दुर्गा रोड क्यारियर्सबाट लोड भएको ना ६ ख १८७८ नम्बरकाे ट्रककाे सामानको मुल्य रु. ३ लाख ६१ हजार ५ सय ३७ रहेकाे सशस्त्र प्रहरीले जनाएकाे छ ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता हुने

कालिका टाईम्स

माओवादी केन्द्र पाेखरियाले २१ बुंदे माग राख्दै नगरपालिकालाई बुझायाे ज्ञापन

कालिका टाईम्स

सिनेमा हलमा एमआरपीभन्दा बढी मूल्यमा खानेकुरा बिक्री गर्न नपाइने

कालिका टाईम्स
SQL requests:215. Generation time:3.999 sec. Memory consumption:81.45 mb