2 April 2025
KALIKATIMES.COM

बिल बिजक भन्दा बढीकाे सामानहरू लोड रहेका ट्रक पक्राउ

वीरगंज । बिल विजक भन्दा बढी बिभिन्न किसिमका हार्डवेयर तथा खुद्रा सामानहरू बोकेको ट्रक प्रहरीले नियन्त्रणमा लिएकाे छ ।वडा प्रहरी कार्यालय विर्ताबाट खटिएको टोलीले बुधबार राती ना ५ ख ४८३१ नम्बरको मालवाहक ट्रक नियन्त्रणमा लिएकाे हाे ।

वीरगंज महानगरपालिकाकाे वडा नं. १० ग्रिनसिटी चोकस्थित सडकखण्डमा ना ५ ख ४८३१ नम्बरको मालवाहक ट्रकलाई रोकी चेकजाँच गर्ने क्रममा श्री भैरव ट्रासपोर्टबाट पठाईएको ट्रकमा विल बिजक संकास्पद देखिएको तथा विल बिजक बिनाका विभिन्न किसिमका हार्डवेयर तथा खुद्रा सामानहरू समेत फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएकाे छ ।

 उक्त ट्रक नियन्त्रणमा लिई रू. एक करोड १८ लाख ७६ हजार ६ सय एकानव्वे मूल्याङ्कन गरी आवश्यक कारवाहीको लागि बिहिबार राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक दिपक गिरीले जानकारी दिए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

एमालेको सड़क प्रदर्शनले सरकारको असफलतालाई पुष्टी गर्छ : प्रभु साह

कालिका टाईम्स

पर्सागढीकाे शिक्षक नियुक्ति विवाद अदालत सम्म पुग्याे

कालिका टाईम्स

फस्ट स्टेप प्रिस्कुलकाे दाेस्राे बार्षिकाेत्सव सम्पन्न

कालिका टाईम्स
SQL requests:214. Generation time:4.011 sec. Memory consumption:82.46 mb