वीरगंज । जितिया पर्वकाे अवसरमा सोमबार पकहा मैनपुर गाउँपालिकाकाे वडा नं. ५ गदियानी पाेखरियामा झन्डा मेला सम्पन्न भएको छ । मेलाकाे एक कार्यक्रमकाे बिच पकहा मैनपुर गाउँपालिकाका अध्यक्ष सुरेश मेहताले उद्घाटन गरेका थिए ।
मेलाकाे उद्घाट गर्दै गाउँपालिका अध्यक्ष मेहताले पूर्वकाल देखि लाग्दै आएकाे मेला हाम्राे संस्कृति रहेकाेले यसकाे संरक्षण जरुरी रहेकाे वताए । उनले हाम्राे संस्कृति संरक्षण बचाई राख्न गाउँपालिकाले सक्दाे सहयाेग गर्ने प्रतिवद्धता समेत जनाए ।
साे अवसरमा नेपाली कांग्रेस पकहा मैनपुर गाउँपालिकाका सभापति हरि चाैहान, कालिकामाई गाउँपालिकाका सभापति छठु साह, वडाध्यक्ष बलिराम प्रसाद चाैरसिया, नेता नसुरल्लाह मियाँ, अनिल साह लगायतकाे उपस्थिती रहेकाे थियाे ।
महाविरी झन्डा मेला प्रत्येक बर्ष जितियाकाे भाेली पल्ट लाग्ने गर्दछ । मेला सांस्कृतिक कार्यक्रमकाे समेत आयाेजना गरिएकाे थियो ।