24.6 C
Birgunj
23 October 2024
KALIKATIMES.COM

११८ दिनकाे भन्सार फेल भारतिय कार सशस्त्र प्रहरीद्वारा पक्राउ

वीरगंज । सशस्त्र प्रहरीले ११८ दिन सम्म अबैध रुपमा नेपालमा बसेका भारतिय नम्बरकाे कार नियन्त्रणमा लिएकाे छ । सशस्त्र प्रहरी बल बाेर्डर आउट पाेष्ट वीरगंजले बिआर ०६ एभि ५९१४ नम्बरकाे सेताे रंगकाे कार नियन्त्रणमा लिएकाे हाे ।

मंगबलबार दिउसाे २:३० बजेको समयमा वीरगंज महानगरपालिकाकाे वडा नं. १६ भन्सार रोडस्थित  खटिएको ७ जनाको गाडी मोबाईल टोलिले साे कार नियन्त्रणमा लिएकाे सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण, पर्साका सुचना अधिकारी सशस्त्र प्रहरी नायब उपरिक्षक संताेष कुमार बस्नेतले  जानकारी दिए ।

कार सोहि स्थानमा छोडी सवारी चालक भागेकोले उक्त गाडी चेकजाँच गर्दा मिति २०७९ ०१ । २६ गते देखि मिति २०७१।०१।२८ गते सम्म गौर भन्सार कार्यालय रौतहटबाट प्रज्ञापन पत्र बनाई नेपाल प्रवेश गरी ११८ दिन सम्म अबैध रुपमा नेपालमा बसेको पाईएको हुँदा नियन्त्रणमा लिइएकाे सुचना अधिकारी बस्नेतले बताए ।

नेरु २० लाख पर्ने उक्त कार नियन्त्रणमा लिई विरगंज भन्सार कार्यालय पर्सामा बुझाएको बस्नेतले जानकारी गराए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता हुने

कालिका टाईम्स

माओवादी केन्द्र पाेखरियाले २१ बुंदे माग राख्दै नगरपालिकालाई बुझायाे ज्ञापन

कालिका टाईम्स

सिनेमा हलमा एमआरपीभन्दा बढी मूल्यमा खानेकुरा बिक्री गर्न नपाइने

कालिका टाईम्स
SQL requests:215. Generation time:3.740 sec. Memory consumption:81.45 mb