24.6 C
Birgunj
24 October 2024
KALIKATIMES.COM

सशस्त्र प्रहरीद्वारा बहुदरमाईबाट भारी मात्रामा गाँजा बरामद

वीरगंज । सशस्त्र प्रहरीले पर्साको बहुदरमाई नगरपालिकाबाट भारी मात्रामा प्रतिबन्धित लागू औषध गाँजा बरामद गरेको छ । विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल, नेपाल नं.१३ गणकाे टोलीले बहुदरमाई नगरपालिका वडा नम्बर ७ विश्रामपुरको छपकैयाबाट २४० किलो प्रतिबन्धित लागू औषध गाँजा बरामद गरेको हो ।

विश्रामपुरको छपकैयास्थित श्री बाल निकेतन ईगलिस बोडिङ्ग स्कुलको पुरानो भवन पछाडी झाँडीमा हरियो घाँस र कर्कलोको पातले लुकाई राखेको अवस्था उक्त परिमाणको लागू औषध गाँजा बरामद गरेको सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण, पर्साका सुचना अधिकारी एवम् सशस्त्र प्रहरी नायब उपरिक्षक सन्तोष कुमार बस्नेतले वताए ।

बरामद गरिएको लागू औषध आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाइएकाे सूचना अधिकारी बस्नेतले जानकारी दिए ।

बरामद गरिएको गाँजा तस्करहरुको समूहले छिमेकी जिल्लाबाट भित्रियाईएको थियो । समय अनुकुल अनुसार उक्त गाँजा भारतको तर्फ तस्करी गर्नको लागि भित्रियाईपनि भारत तर्फ लैजान नसकेपछि विश्रामपुरमा लुकाई छिपाई राखिएको थियो । सूचना अधिकारी बस्नेतका अनुसार, तस्करीमा संलग्न व्यक्तिहरुको पनि पहिचान गर्ने काम भईरहेको छ ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

पर्सा प्रहरीद्वारा एक विघा गाँजा खेती नष्ट

कालिका टाईम्स

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता हुने

कालिका टाईम्स

माओवादी केन्द्र पाेखरियाले २१ बुंदे माग राख्दै नगरपालिकालाई बुझायाे ज्ञापन

कालिका टाईम्स
SQL requests:215. Generation time:3.716 sec. Memory consumption:81.44 mb