2 April 2025
KALIKATIMES.COM

वीरगंज नाकाबाट इन्धन आयातमा ७८ प्रतिशत वृद्धि

वीरगंज । देशकै प्रमुख व्यापारिक नाका वीरगञ्जलाई प्रयोग गरी नेपालका लागि हुने इन्धनको आयातमा उलेख्य वृद्धि भएको छ । गत आर्थिक वर्षको ११ महिनाको तुलनामा चालु आवको सोही अवधिमा वीरगञ्ज नाका प्रयोग गरी हुने इन्धन आयातमा ७८ प्रतिशतले वृद्धि भएको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ ।

गत आर्थिक वर्ष २०७७ । ०७८ को साउनदेखि जेठ सम्ममा वीरगञ्ज नाका प्रयोग गरी ७४ अर्ब ३४ करोड ६६ लाख मूल्य बराबरको १४ लाख १८ हजार २१७ किलोलिटर डिजेल, पेट्रोल, मट्टितेल हवाई इन्धन आयात भएको थियो । चालु आव २०७८/७९ को सोही अवधिमा वीरगञ्ज नाका प्रयोग गरी नेपालका लागि रु एक खर्ब ५३ अर्ब ३६ करोड ७ लाख मुल्यको २५ लाख ३१ हजार ६ सय ६० किलो लिटर इन्धन आयात भएको छ । यो गत आव भन्दा ७८.५१ प्रतिशत बढी इन्धन आयात हो ।

त्यस्तै, वीरगञ्ज नाकाबाट हुने खाना पकाउने एलपिजी ग्याँसको आयातमा समेत करिब ८ प्रतिशतले वृद्धी भएको छ । गत आवमा २ लाख ३९ हजार ६सय ३८ मेट्रिक टन ग्यास आयात भएकोमा चालु आवको सोही समयमा १८ हजार ५०० मेट्रिक टन बढी आर्थत २ लाख ५८ हजार १५० मेट्रिक टन बढी आयात भएको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ ।

नाकाबाट डिजेल, पेट्रोल, हवाई इन्धन तथा खाना पकाउने ग्यासको आयात बढेपनि मट्टितेलको आयात ३० प्रतिशतले घटेको छ । गत आवमा ११ हजार दुईसय २० किलोलिटर इन्धन आयात भएकोमा चालु आवमा ३ हजार ३ सय ६० किलोलिटर कम अर्थात सात हजार ८६० किलोलिटर आयात भएको वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी सुमित गुप्ताले जानकारी दिए ।

उनले वीरगंज नाकाबाट भित्रिएका डिजेल, पेट्रोल, मट्टितेल लगायतका इन्धन र खाना पकाउने ग्यासबाट गत आवभन्दा चालु आवमा करिब ३४ प्रतिशत बढी राजस्व सङ्कलन भएको बताए । गत आवमा रु ५४ अर्ब ५३ करोड ९२ लाख रुपैया राजश्व सङ्कलन भएकोमा चालु आवमा रु १८ अर्ब २८ करोड ३४ लाख बढी अर्थात ७२ अर्ब ८२ करोड २६ लाख रुपैया सङ्कलन भएको बताए ।

नेपालका लागि आवस्यक ७० प्रतिशत इन्धन र ८५ प्रतिशत खाना पकाउने एलपी ग्यास वीरगंज नाकाबाटै हुने गरेको छ । रासस

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

एमालेको सड़क प्रदर्शनले सरकारको असफलतालाई पुष्टी गर्छ : प्रभु साह

कालिका टाईम्स

पर्सागढीकाे शिक्षक नियुक्ति विवाद अदालत सम्म पुग्याे

कालिका टाईम्स

फस्ट स्टेप प्रिस्कुलकाे दाेस्राे बार्षिकाेत्सव सम्पन्न

कालिका टाईम्स
SQL requests:214. Generation time:3.383 sec. Memory consumption:82.47 mb