24.6 C
Birgunj
24 October 2024
KALIKATIMES.COM

छिपहरमाईबाट चरेश र पेस्ताेल बरामद

वीरगंज । सशस्त्र प्रहरीले पर्साकाे छिपहरमाई गाउँपालिका वडा नं. ५ सिक्टा पुलस्थितबाट लागु औषध चरेश र पेस्ताेल बरामद गरेकाे छ ।

सशस्त्र प्रहरी बल बाेर्ड आउट पाेष्ट भिस्वाबाट प्रहरी निरिक्षक राजेश्वर प्रसाद साहकाे कमाण्डमा खटिएकाे प्रहरी टाेलीले  लागु औषध चरेश जस्ताे देखिने बस्तु २ पकेट, कटुवा पेस्ताेल एक थान र उक्त पेस्ताेलमा प्रयाेग ७‍.६२ मि.मि राउन्ड एक थान बरामद भएकाे सशस्त्र प्रहरी बल पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक संताेष कुमार बस्नेतले जानकारी दिए ।

सशस्त्र प्रहरी निरिक्षक साहकाे कमाण्डमा गाडी माेबाइल टाेलीलाई देख्नसाथ सिक्टा पुलबाट भारत तर्फ पैदल जाँदै गरेकाे एक व्यक्तिले आफुले बाेकेकाे झाेला साेही स्थानमा फालि ब्यक्ति भारततर्फ भागन सफल भएकाे प्रवक्ता बस्नेतले वताए ।

उक्त झाेला भित्र प्लास्टिकमा बेरिएकाे अवस्थामा फेला परेकाे लागु औषध, पेस्ताेल र गाेली इलाका प्रहरी कार्यालय पाेखरियामा बुझाइएकाे उनले जानकारी गराए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

पर्सा प्रहरीद्वारा एक विघा गाँजा खेती नष्ट

कालिका टाईम्स

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता हुने

कालिका टाईम्स

माओवादी केन्द्र पाेखरियाले २१ बुंदे माग राख्दै नगरपालिकालाई बुझायाे ज्ञापन

कालिका टाईम्स
SQL requests:215. Generation time:4.186 sec. Memory consumption:81.44 mb