21.1 C
Birgunj
25 October 2024
KALIKATIMES.COM

मुक्तीनाथ बैंकद्वारा ठाकुर राम क्याम्पसलाई ४ लाख बराबरकाे कुर्सी सहयाेग

वीरगंज । मुक्तिनाथ विकास बैंक वीरगञ्ज शाखाले ठाकुरराम बहुमुखी क्याम्पसलाई कुर्सी सहयोग गरेको छ । बैंकले १५ बर्ष पुरा गरी १६ औं बर्षमा प्रबेश गरेकाे अवसरमा विभिन्न खालका ४३ थान कुर्सी सहयाेग गरेकाे हाे ।

क्याम्पसलाई ३० थान अफिस कुर्सी, १२ थान थ्री सिटर कुर्सी र एक थान चक्का वाला कुर्सी गरी ४ लाख रुपैयाँ बराबरको कुर्सीहरु सहयोग गरिएकाे बैंकका कर्जा विभाग प्रमुख शैलेन्द्र शर्माले जानकारी दिए । सामाजिक उत्तरदायित्व अन्तर्गत कुर्सीहरु सहयाेग गरीकाे शर्माले वताए ।

साे कुर्सीहरु बैंकका वीरगंज शाखा प्रमुख विपिन किशोर श्रेष्ठले एक कार्यक्रमका बिच क्याम्पस प्रमुख डा. उमेश चौरसियालाई हस्तान्तरण गरेका थिए ।

कुर्सी हस्तान्तरण कार्यक्रममा बोल्दै क्याम्पस प्रमुख डा. चौरसियाले बैंकलाई धन्यवाद दिँदै अन्य परोपकारी संघ संस्थाहरुलाई पनि सहयोग गर्न आग्रह गरेका थिए । जर्जर अवस्थामा पुगिसकेको क्याम्पसलाई तिनै तहको सरकारले वेवास्ता गरेको आरोप लगाउँदै डा. चौरसियाले परोपकारी निकायले सहयोग नगरे क्याम्पस बर्बाद हुने बताए ।

बैंकका शाका प्रमुख श्रेष्ठले छोटो भएपनि क्याम्पसलाई सहयोग गर्न पाउँदा खुसी महसुस भएको बताए । उनले आगामी दिनमा क्याम्पसलाई थप सहयोग जुटाउन आफुहरुले पहल गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।

कार्यक्रममा बैंकका कर्जा विभागका कर्मचारी धर्मेन्द्र कुमार साह, क्याम्पसका प्रध्यापक सुशील श्रेष्ठ, रघुनाथ साह लगायत शिक्षक र कर्मचारीहरुको सहभागिता रहेको थियो । बैंकले सहयाेग गरेकाे कुर्सी क्याम्पसकाे मिटीङ हलमा राखिएकाे छ ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

वीरगंजमा विभिन्न कार्यक्रम गरि विश्व पाेलियाे दिवस मनाइयाे

कालिका टाईम्स

पर्सा प्रहरीद्वारा एक विघा गाँजा खेती नष्ट

कालिका टाईम्स

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता हुने

कालिका टाईम्स
SQL requests:217. Generation time:3.408 sec. Memory consumption:81.45 mb