21.1 C
Birgunj
25 October 2024
KALIKATIMES.COM

ठाकुर राममा राष्ट्रिय विद्यार्थी संघको एकाई कमिटि गठन

वीरगंज । ठाकुर राम बहुमुखी क्याम्पस वीरगंजमा लोकतान्त्रिक समाजवादी पार्टी निकटको विद्यार्थी संगठन राष्ट्रिय विद्यार्थी संघले एकाई कमिटि गठन गरेको छ ।

क्याम्पसको सभाहलमा अमित यादवको अध्यक्षतामा भएकाे भेलाले माे. सागिर अलीकाे अध्यक्षतामा ५१ सदस्यीय कमिटि गठन गरेको हाे । नवगठित कमिटिकाे उपाध्यक्षमा सागर साह, सविर हुसैन, गिरधारी, रवि शंकर यादव, सचिवमा विवेक कुमार झा,सह- सचिवमा अंकित मिश्र, उज्वल यादव, माजिद हुसैन र कोषाधयक्षमा अन्जली जयसवाल रहेका छन् ।

भेलालाई सम्बोधन गर्दै अध्यक्ष अलीले दश वर्षे परिपाटीको अन्त्य भएको वताए । उनले भने “दश वर्षदेखि एउटै व्यक्तिले अध्यक्ष पद कब्जा गरि बसिराखेकोले अरु कार्यकर्ताले मौका पाउन सकेका थिएनन् र संगठन फ़ित्तलो बन्दै गएको थियो, यस क्याम्पस कै इतिहासमा पहिलो पल्ट विद्यार्थी संगठनले नयाँ कार्यभारसहित नयाँ कमिटि गठन भएको छ।” 

उनले, अब राजनीतिमा विद्यार्थीहरु आन्दोलनको लागि मात्रै नभए नीति निर्माणमा समेत चाँसो र हिस्सेदारी लिनु पर्ने वताए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

वीरगंजमा विभिन्न कार्यक्रम गरि विश्व पाेलियाे दिवस मनाइयाे

कालिका टाईम्स

पर्सा प्रहरीद्वारा एक विघा गाँजा खेती नष्ट

कालिका टाईम्स

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता हुने

कालिका टाईम्स
SQL requests:216. Generation time:3.348 sec. Memory consumption:81.44 mb