24.6 C
Birgunj
23 October 2024
KALIKATIMES.COM

भाेजपुरी फिल्म “बिहार से काठमाडाैं” काे सुटिङ शुभारम्भ

वीरगंज । भाेजपुरी फिल्म “बिहार से काठमाडाैं” काे सुटिङ सुभारम्भ भएकाे छ । वीरगंजका अभिनेता प्रदेशी साह र काठमाडाैंकी अभिनेत्री एलिना बास्काेटाकाे मुख्य अभिनय रहेकाे फिल्मकाे सुटिङ बुधबार एक कार्यक्रमकाे बिच सुभारम्भ गरिएकाे हाे ।

नेपाल पत्रकार महासंघकाे सभा हलमा भएकाे शुभारम्भ समाराेहका प्रमुख अतिथी नेशन मेडिकल कलेजका निर्देशक बसरुदिन अन्सारीले फिल्मले भाेजपुरी भाषाकाे प्रबर्द्धन हुने वताए । उनले “बिहार से काठमाडाैं” नाम राखिएकाे भाेजपुरी फिल्मले भारत र नेपाल बिचकाे राेटी बेटीकाे सम्बन्ध प्रागाढ समेत बनाउने वताए ।

काठमाडाैं मेडिकल कलेजका निर्देशक समेत रहेका अन्सारीले फिल्म सुटिङकाे लागि आवश्यकता परे कलेज पनि उपलब्ध गराउने प्रतिबद्धता जनाए । उनले वीरगंजका प्राेडुसरहरुकाे मुख्य लगानीमा निर्माण हुने फिल्मबाट यहाँका स्थानिय कलकारहरुलाई माेका दिनु पर्ने वताए ।

आशुताेष फिल्म प्राेडुसन प्रा.लि., नमस्ते नेपाल इन्टरटेनमेन्ट र वीरगंजका व्यवसायी नविन कुमार अग्रवालद्वारा निर्माण भइरहेकाे फिल्मकाे निर्देशक नारायण दत उपाध्याय रहेका छन् भने प्राेडुसरहरुमा वीरगंज कै किरण सरकार र गाेपाल पाैडेल रहेका छन् ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता हुने

कालिका टाईम्स

माओवादी केन्द्र पाेखरियाले २१ बुंदे माग राख्दै नगरपालिकालाई बुझायाे ज्ञापन

कालिका टाईम्स

सिनेमा हलमा एमआरपीभन्दा बढी मूल्यमा खानेकुरा बिक्री गर्न नपाइने

कालिका टाईम्स
SQL requests:217. Generation time:4.602 sec. Memory consumption:81.46 mb