2 April 2025
KALIKATIMES.COM

भाेलन्टियर समुहले पुन: सुरु गर्याे शंकराचार्यद्वाराकाे सरसफाई

बीरगंज । भाेलेन्टियर समुह वीरगंजले शंकराचार्य गेटको सरसफाई गरेको छ । नेपाल भारत सीमा क्षेत्रमा रहेकाे शंकाराचार्य गेट र आसापासका क्षेत्रमा समूहले सरसफाइ गरेकाे हाे ।

यसअघि २६ हप्तासम्म लगातार गेटकाे सरसफाइ गरेकाे समूहले काेराेना संक्रमणकाे जाेखिमका कारण अभियान स्थगित गरेकाे थियाे । शनिबार सुरू भएकाे सरसफाइ अब उपरान्त निरन्तर सञ्चालन हुने समूहका संयाेजक राजन श्रीवास्तवले जानकारी गराए ।

“यसअघि २६ हप्तासम्म सञ्चालन गरेकाे अभियान महामारीका कारण स्थगित गरेका थियाैं, अब निरन्तर सञ्चालन हुन्छ,” संयाेजक श्रीवास्तवले भने, “घण्टाघर सरसफाइ पनि गर्याैं, यसलाई पनि निरन्तरता दिनेछाैं ।”

शंकराचार्य गेट सरसफाइ गरेकाे समूहले शनिबार नै बीरगन्जकाे केन्द्रविन्दुमा अवस्थित घण्टाघरकाे सरसफाइ समेत गरेकाे थियाे ।

यसै बिच नगर प्रमुख विजय कुमार सरावगीले स्थलगत निरीक्षक गर्नुकाे साथै उक्त स्थललाइ सौर्न्दर्य बनाउनका लागि विभिन्न निकाय संग समन्वय एवं सहकार्य गर्ने प्रतिबद्धता जनाएका छन् । साथै बिगतमा गरिएकाे सरसफाईबाट अवश्य पनि धेरै परिवर्तन भएको र आजबाट फेरि भोलेन्टियर समुहले सुरुवात गरेको सरसफाइ कार्यमा महानगरकाे हातेमालो रहिरहने भन्दै समुहलाइ शुभकामना दिनु भएको भाेलन्टियर समुहका महासचिव श्याम सरार्फले वताए ।

सरसफाई कार्यक्रममा समुहका कमलेश कुश्वाहा, विंकी सरार्फ, राधेश्याम गुप्ता, शेष हजरा, राज सरार्फ, किशन सरार्फ, अनिल हजरा, आकाश सरार्फ लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

एमालेको सड़क प्रदर्शनले सरकारको असफलतालाई पुष्टी गर्छ : प्रभु साह

कालिका टाईम्स

पर्सागढीकाे शिक्षक नियुक्ति विवाद अदालत सम्म पुग्याे

कालिका टाईम्स

फस्ट स्टेप प्रिस्कुलकाे दाेस्राे बार्षिकाेत्सव सम्पन्न

कालिका टाईम्स
SQL requests:214. Generation time:3.836 sec. Memory consumption:82.45 mb