-बृजलाल पासवना
रौतहटको गरुडा नगरपालिका वार्ड न . ८ जिङडियाका १९ वार्षिय बिजय रामको प्रहरी हिरासतमै प्रहरीकै शारिरिक एवं मान्सिक यातनाका कारण घाइते भइ उपचारको क्रममा बिरगंज स्थित नेशनल मेडिकल कलेजमा मृत्यु बर्णन भयो । निजलाई यातना दिने र दिन लगाउने ईलाका प्रहरी कार्यालयका तत्कालीन डिएसपी ज्ञान कुमार महतो सरकारी सयन्त्रकै संरक्षणमा कारवाही बाट उम्किए । आदेस पालक उनका मातहतका साना दर्जाका प्रहरीहरुले कारवाही भोग्नु पर्यो । अर्थात निरीह दलित युवाको हत्याको मुख्य दोषी सरकारी संरक्षणकै कारण जोगिए ।
रौतहटकै दुर्गा भगवती गाउँपालिकाका बिकास पासवानलाई दलित भएर कथित उप्पलो जातिको छोरीलाई प्रेम पत्र दिएको निहुँमा सार्बजनिक रुपले चौतारामा हात बाधेर मर्नास्न्न कुटपिट गरियो । जसको भिडियो नै समाजिक संजाल मा छ्याप छ्याती भयो तर दोषीहरुलाई कारवाहीकाे लागि प्रहरीमा उजुरी दिन जादा विभिन्न बहानामा प्रहरीले उजुरी लिन मानेन, त्याहा पनि पीडकलाई सरकारी साथ र सहयोग रहयो ।
रुकुम पश्चिममा दलितले कथित उप्पलो जातिको केटीसंग प्रेम गर्ने दुस्साहस गरेको भन्नी नवराज बिक लगायतहरुको नरसंहार हुँदा पनि पीडकहरुको बचाउमा हालका अर्थ मन्त्री एवं नेकपा माओवादी केन्द्रका प्रभावशाली नेता जनार्धन शर्माले सदनमै खुल्ला अभिव्यक्ति दिए ।
पछिल्लो केहि समयदेखि चर्चामा रहेको रुपा सुनार घटनाका दोषी घरबेटी सरस्वती प्रधानलाई सरकारका तत्कालीन शिक्षा मन्त्री एवं नेकपा एमालेका प्रभावशालि नेता कृष्ण गोपाल श्रेष्ठले आफै प्रहरी हिरासतबाट छुटाई प्रधानलाई आफ्नै गाडीमा निजको घर सम्म पुरयाए । यसरी जातीय उत्पीडन र जातका आधारमा हुने अनेक किसिमको बिभेदलाइ हाम्रो मुलुकको कानुनले अक्षम्य र दण्डनिय माने पनि जातको आधारमा हुने प्राय बिभेदका घटनाहरुमा पीडिकहरुलाई राज्य स्वयंले बचाउ गरेको र बचाउको प्रयास गरेको देखिन्छ । त्यस कारण दिन प्रतीदिन हाम्रो मुलुकमा दलित समुदायको अवस्था दैनिय हुनुको साथै समग्र नेपाली समाज बिभेद मुक्त हुनुको साटो बिभेद युक्त बन्दै गएको छ । यस अवस्थामा समानता, विभेदमुक्त समाज र उपयोगयुक्त दलित अधिकारको सुनिश्चितताको लागि दरो दलित आन्दोलनको आवश्यकता रहेको बेला विभिन्न कारण बस दलित आन्दोलन खुम्चिएको छ । परिणाम स्वरूप मुलुकमा दलित समुदायको आगामी यात्रा झनै असहज र भबिस्य अन्यौलपुर्ण देखिन्छ ।
दलिय बिबस्ता
हाम्रो मुलुकमा अस्तित्वमा रहेका सम्पुर्ण राजनीतिक दलहरुले दलित समुदायलाई आफू तिर आकर्षित गर्न आ-आफ्नो दलको भातृ संगठनको रूपमा दलित मोर्चाहरु खडा गरेका छ्न । जसमा आफू अनुकुल हुने गरि विभिन्न दलित अगुवाहरु आबद्ध भइ छुट्टा छुट्टै आ- आफ्नो राजनीतिक भबिस्य खोजी रहेका छ्न । जसले ती दलित अगुवाहरु लाई आफ्नो समुदायको आवश्यकताको मुलभुत मुद्दा उठाउनु भन्दा पनि उनको दलले तयार पारेको दलित सम्बन्धि गैर बस्तुगत मुद्दा उठाउन बाध्य छ्न साथै आफ्नो समुदायको मुद्दा उठाउनु भन्दा पनि आफ्नो दलको गुणगान गर्न बिबस छ्न । किनकी अवसर दलसंग देखिन्छ समुदायको मुद्दा संग होइन । विभिन्न दलमा रहेर आफ्नो राजनीतिक भबिस्यको लागी भौतारी रहेका दलित अगुवाहरु आ -आफ्नो दल प्रती अत्याधिक ईमानदार देखाउनमा केन्द्रित छ्न । ताकी आफ्ना पार्टीका बरिष्ठ नेताहरुको नजरमा पर्न सकियोस र दलितको नाउँमा पाउने अवसर सहजै आफुले प्राप्त गर्न सकु । अर्थात दलितको नाममा पाउने अवसरको लागि लालाइत देखिए पनि दलित एकतालाई कसरी मजबुत बनाउने र तिनीहरु माथी हुने बिभेदहरुको उन्मुलन कसरी गर्ने, गराउने तर्फ खासै चिन्ता र चासो नदेखिएको कारण हालको अवस्थामा दलित माथिको प्रहार बढेको छ भन्ने दलित आन्दोलन खुम्चिएको छ ।
पर निर्भरता
आर्थिक रुपले बिपन्न यो समुदायका प्रायहरुको जीवन यापन अन्यमाथी निर्भर छ । त्यस कारण पनि स्वेच्छिक ढंगले गतिविधि गर्न पूर्णत छुट पाएको देखिदैन । दैनिक ज्याला मजदुरी गरि दैनिक हाथ मुख जोडने अवस्था रहेकोले पनि आफ्ना समुदायको समृधी अभियानमा बढी समय खर्चिदा आफु संगै सिङ्गो परिवार आभवमा पर्ने खतरा रहेकोले पनि सम्बन्धितको गतिविधिमा दरो उपस्थितको अपेक्षा पुरा नहुनु एक प्रमुख कारण हो ।
बिगारिएकाे स्वभाव
दलित समुदायको विभिन्न मुद्दा उठाएर हाम्रो मुलुकमा कृयाशिल रहेका गैरसरकारी संस्थाहरुले यो समुदायको जीवनमा अत्याधिक सकारात्मक सुधार ल्याए पनि केही बिकृतिहरु पनि भित्रियाएका छ्न् । विभिन्न गैर सरकरी संस्थाहरुद्वारा आयोजना हुने दलित समुदायसंग सम्बन्धित विभिन्न कार्यक्रमहरुमा सहभागीहरुको लागि उपलब्ध गराइने खाजा र भाताले यो समुदायमा गलत स्वभावको बिकास गराइदिएको छ । परिणाम स्वरुप आफैसंग भएका बिभेदका घटनाहरुमा पनि आयोजना गरिने संघर्षका कार्यक्रमहरुमा समेत सोही बमोजिमको अपेक्षाका कारण पनि कतिपय संघर्षहरुले मुर्त रुप लिन सकिरहेका छैन्न ।
अवसर नपाउदा निराशा
अत्यन्तै जटिल रहेको दलितमुक्ती आन्दोलनलाई आगाडि बढाउदै सिङ्गो नेपाली समाजलाई सुन्दर बनाउने सपना देखेका योग्य दलित अगुवाहरुले अवसर नपाउँदा बेला बखत निराश हुँदै बिच बाटेामै मोर्चा छोडने गरेको कारण पनि दलितमुक्ती आन्दोलन खुम्चिएको हो । खास गरि विभिन्न दलको दलित मोर्चाहरुमा आबद्ध भई दलित समुदायलाई संगठित गर्दै जीवन नै समर्पित गरेका योग्य दलित अगुवाहरुलाई कामको बालमा स्थापित हुन नदिई आफ्ना आसेपासेहरुलाई काखी च्यपी त्यस्ताहरुलाई नै ती दलका नेताहरुले विभिन्न राजनितीक अवसर दिने गरेको कारण निराश भई योग्यहरु राजनितीबाट पलायन हुने र मुक्तिकामी आन्दोलन कमजोर हुने गरेकोमा पनि यहाँका राजनितिक अगुवाहरु नै दोषी भए पनि त्यसको सम्पूर्ण कुप्रभाव मुक्तिकामी दलित आन्दोलन माथी परेको छ ।
स्वतन्त्रत सयुक्त दलित मोर्चाको आवश्यकता
चर्चा प्राप्त गरेका माथी उल्लेखित तमाम घटनाहरुमा राज्य सयन्त्र स्वयं दोषी उम्काउन पहलकदमी लिनु मुलुकको सिङ्गो दलित समुदाय माथिको प्रहार हो । यसरी यस समुदायमाथी चौतर्फी प्रहार हुनु र बिगतको भन्दा दलित आन्दोलनको आकार खुम्चिनु दलित समुदायको भबिस्यको लागि सुखद संकेत होइन । यस अवस्थामा बिभाजित र कमजोर आन्दोलनले यस समुदायको समृद्धिको अभियानलाई कमजोर बनाउने भएकोले समयमै सचेत भई दलियहित भन्दा माथी उठेर सबैको प्रतिनिधित्व हुने गरि देश ब्यापी साझा दलित मोर्चा बनाएर आगाडि बढनुको बिकल्प देखिदैन । जोकोई दलित अगुवाहरु साचो अर्थमा दलित समुदायको मुक्तीलाई मुल दाइत्व बानाएको हो भने यो कार्यमा अबिलम्ब पहलकदमी लिनु आवश्यक छ ।