-बृजलाल पासवान
जातको आधारमा हुने छुवाछूत वा जातकैआधारमा हुने अन्य विभिन्न उत्पीडनलाई हाम्रो नेपाली समाजले दलित समुदायको मात्रै समस्या बुझने गरेको छ । केही हद सम्म हुन पनि हो देख्नेलाई भन्दा भोग्नेलाइ बरू बढी पिडा बोध हुन्छ, त्यसैले हाेला हुनु पनि स्वभाविक हाे । राज्यद्वारा दलित बर्गमा सुचिकृत गरिएका हाम्रो देशको हिमाल, पहाड र तराईको विभिन्न भागमा छरिएर बसोबास गरेका जातिहरु विभिन्न ढंगले उत्पीडिनको सिकार हुनु परेको यथार्थ कसैको सामु लुकेको छैन । दलितले चुल्हो छोएको भन्नि कथित उप्पलो जाति भनिएकाहरुबाट गरिएको कुटपिट कारण कालिकोटका मानबिर सोनारले मृत्यु बर्णन गर्नु पर्यो भने कथित उप्पलो जतिको केटी संग प्रेम गर्ने दुस्साहस गरिएको भनी रुकुम पश्चिमका नवराज बिशवकर्मा लगाएतकाहरुले नरसंहारको सिकार हुनु पर्यो । त्यति मात्र नभई कथित उप्पलो जाती भनाउँदाका एक जनाका छोरीलाई प्रेम पत्र दिएको निहुँमा रौतहट दुर्गा भागवती गाउँपालिकाका १९ बर्षिय युवा बिकास पासवान सर्बजनिक स्थलमा फिल्मी सटाइलमा कुटिदा अभिभावकले प्रतिकार गर्न नसकी टुलुटुलु हेरेर बस्नु पर्ने बाध्यात्मक अवस्थाहरु पनि देख्न र सुन्न पाइयो ।
यस प्रकृतिका केही घटनाहरु सतहमा आएपछी मात्र चर्चा हुने गरेको छ नत्र दलित माथी हुने अधिकतर घटनाहरु विबस्ता र अज्ञानताका कारण राज्यको कुनै पनि निकाय सम्म पुगदैन त्यस कारण चर्चामा आएका घटनाहरु अपबाद मात्रै हुन । अर्थात शताब्दीऔ देखि चलि आएको बर्ण ब्यवस्थाको प्रभावलाइ बर्तमानको लोकतान्त्रिक कनुनले अझै पनि निस्तेज गर्न सकेको छैन । बर्ण ब्यवस्थाको प्रभावबाट ओतप्रोत नेपाली समाज अझै पनि परिवर्तनलाई आत्मसात गर्न नसक्नु र बिकृत, सामन्ती र असमान ब्यवहार लाई हृदयगमन गर्न खोज्नुले के दलित समुदाय मात्रै शिर निहुराउने लायक भएका छ्न कि अन्यको पनि शिर निहुरिने अवस्था निर्माण भएको हो ? यस सन्दर्भमा गम्भीर बहस हुनु आवश्यक छ । मुलुकको सामाजिक, आर्थिक र राजनीतिक क्षेत्रमा यस बिकृत जात ब्यवस्थाबाट कतिको कुप्रभाव परेको छ । यसको पनि लेखा जोखा गर्नु जरुरी छ । सुन्दर र समृद्ध समाज निर्माणमा यस कुप्रथाले कति बाधा ब्यवधान खडा गरेको छ । त्यसको पनि हिसाब किताब गर्नु उतिकै आवश्यक छ । जसरी सुन्दर र स्वस्थ्य शरीरको लागि शरीरका सबै भाग र अंगहरु स्वास्थ र कमयाब हुन जरुरी छ त्यसरी नै समृध र सुखी समाजको लागि समाजमा रहेका तमाम बर्ग र तप्काको सम्मान स्वामित्व जरुरी हुन्छ । तशर्थ माथी उल्लेखित सम्पुर्ण प्रश्नहरुको सार जवाफ पनि यहि हो । शरीरको कुनै पनि अंगले अपाङ्ग हुनेलाई स्वास्थ ब्यक्ति भनिदैन, त्यसरी नै सुन्दर समाजको परिकल्पनामा कुनै पनि प्रकारको विभेद मान्य हुFदैन । तर पनि सदियौ देखि जातीय उत्पीडिन को पिडा खेपदै आएका दलित समुदायको पिडालाई दलितको निजि बिषय मात्रै ठानियो ।परिणाम स्वरुप समाज भित्र दलित र गैर दलित बिचको अन्तरबिरोधका कारण अझै पनि समाज उच्च र सानो जातीमा बिभाजित छ । जात कै आधारमा दलित कहलिएका ती जातीहरुलाई हाम्रै पुर्बजहरुले निर्माण गरेका रुढीबादी नियम कानुनलाई पालना गराउने नाममा ती समुदायका ब्यक्तिहरुमा रहेकोे विभिन्न खुबीहरुलाई समाजको लागि योगदान गर्नबाट अझै पनि निशेधित गरिएको छ । जसले समाज र राष्ट्रको समृधीमा अवरोध पुर्याएको छ ।
राज्य शक्तिमा एकल जातीय वा खास बर्गको बहुल्यता लोकतान्त्रिक ब्यवस्थाको सकारात्मक पक्ष होइन । राज्य ब्यवस्थामा समानुपातिक समाबेशिताले सबैको स्वामित्वलाई स्थपित गर्दछ । साथै लोकतन्त्रलाई सुदृढ पनि गर्दछ । त्यसैले समाज र राष्ट्र बिकासको साथै राज्य प्रती सबैको साझा दाइत्व बोध गराउनका निम्ति पनि पिछडिएको बर्गलाइ अलिक बढी अवसर प्रदान गर्नु गैरमुनासिब हुँदैन । मागी खाने अपबाद बाहेक कसैको रहर हुँदैन, अभाव र बिबस्ताले बाध्य पार्छ । ठिक त्यस्तै अवस्था यहाँका समग्र दलित समुदायको छ । बाध्य र बिबस यी समुदायको पिडालाई सम्बोधन नगरी सरकारको समृध नेपाल र सुखी नेपालीको राष्ट्रिय आकांक्षा अभियान कदापि सम्भव छैन । त्यस कारण पनि यो जातीय उत्पीडनको समस्या समग्र नेपालीको सझा समस्या हो ।
केही समय देखि सन्चरकर्मी रुपा सुनार र संघीय राजधानी काठमाडौंका घरबेटी सरस्वती प्रधानको घटना चर्चामा छ । सरस्वती प्रधानको घरमा कोठा भाडामा लिन पुगेकी रुपा सुनारलाई कोठा खाली भए पनि दलित जात भएकै आधारमा प्रधानले कोठा भाडामा दिन्न न मानेपछि रुपाले प्रहरीमा उजरी गर्दा घटना चर्चामा आएको हो । रुपा सुनारको उजरीको आधरमा प्रधानलाई प्रहरीले पक्राउ पनि गर्यो । त्यसपछि प्रधानलाई पक्राउ गरेको तीन दिन नबित्दै सरकारका बहालवाला शिक्षामन्त्री कृष्ण गोपाल श्रेष्ठले राज्य शक्तिको दुरुपयोग गर्दै प्रधानलाई प्रहरी हिरासतबाट छुटाउँदै आफ्नै गाडीमा पीडकलाइ निजको घर सम्म पुर्याए । त्यसपसचात घटनाले थप चर्चा प्राप्त गरेको छ । उक्त घटनाको विभिन्न कोणबाट बिशलेषण, सहयोग र असहयोग भइरहेको छ । कति पएले त उक्त कोठाको घटनालाई लिएर दलितको निर्धारित न्युन मात्राको कोटा पनि हटाउनु पर्ने तर्क समेत गर्न थालेका छ्न । समाजिक संजालमा थरी थरीका अभिव्यक्तिहरु आएका छ्न । अर्थात यस घटनालाई लिएर हाम्रो समाज जातीय उत्पीडनका विरुद्ध एकतृत हुनुको साटाे बिभाजित भएको छ । राज्य शक्ति स्वयं पिडकको संरक्षक बनेको छ । कानुन कार्यान्वयन गराउने निकाय स्वयं कानुनको खिल्ली उडाउँदै जातीय उत्पीडनको पक्षपोषक बनेको छ । दिन्हु यस्तो उत्पीडनको सिकार हुँदै आएका दलित युवा युवतिहरु मध्ये बिरलैले प्रतिकारको साहस गरेको मध्ये एक रुपा सुनारको घटना प्रतिको दृष्टिकाेण र टिका टिप्पणीले दलित प्रतिको समाज र राज्यको असली चरित्र उजागर गरी दिएको छ । मथी उल्लेखित घटनाहरुमा सरकारले कुनै ठोस पहलकदमी नलिएकै कारण दलित प्रतीको अपराध र उत्पीडनको घटना हरुले प्रसय पाएको शंका गरिरहेकै बिच रुपा सुनारको घटनामा मन्त्री श्रेष्ठको कदमले स्वयं सरकार दलित प्रती अनुद्दार रहेको पुष्टि हुन्छ ।