2 April 2025
KALIKATIMES.COM

लायन्स र लियाेले १४ दिनदेखि खाना वितरण गर्दै

वीरगंज । लायन्स क्लब अफ वीरगन्ज, वीरगन्ज सेन्ट्रल र लियो क्लब अफ वीरगन्जको संयक्त आयोजना खाना वितरण अभियान विगत १४ दिनदेखि वीरगन्जमा जारी रहेकोे छ ।
 
कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागी भएको निषेधाज्ञाबाट प्रभावित विपन्न ,दैनिक ज्याला मजदुरी गर्ने परिवार ,विभिन्न अस्पतालका कुरुवाका लागी खाना वितरण अभियान जारी रहेको हो ।
 
गत जेठ ५ बाट सुरु भएको खाना वितरण अभियानमा लायन्स र लियो क्लब अफ वीरगन्जले खाद्यान्नका लागी आवश्यक पर्न विभिन्न समाग्राी आफै जुटाएका हुन । यो अभियानमा बिहान र बेलका गरी दुई सय ५० जनालाई खाना वितरण गर्दै असार ४ गते सम्म वीरगन्ज महानगरपालिका भित्र संचालन हुने लियो क्लब अफ वीरगन्जले जनाएको छ ।
 
कोरोना संक्रमण नियन्त्रणका लागी गरीएको निषेधाज्ञामा कसैलाई भोकले सुत्नु नपरोस र सबैलाई सहज रुपमा खाना पावोस भन्ने लक्ष्यका साथ खाना वितरण अभियान संचालन गरीएको लियो क्लब अफ वीरगन्जका पुर्व अध्यक्ष लियो रिसभराज अग्रवालले बताए ।
 
उनका अनुसार गत बैशाख १६ बाट लगाईएको निषेधाज्ञामा दैनिक ज्यालादारी गरेर खाने गरीब तथा विपन्न परिवारलाई समस्या देखिएपछि यो अभियान संचालनमा ल्याईएको हो ।
 
एक महिना सम्म संचालनमा रहने खाना वितरणमा कोरोना संक्रमित भएर होम आईसोलेसनमा बसेका व्यक्तिलाई पनि खबर गरेमा घरमा पुगेर खाना वितरण गरीने लियो क्लब अफ वीरगन्जका अध्यक्ष लियो मेराजुल हवारीले बताए ।
 
खाना वितरणमा लियो क्लब अफ वीरगन्जका जेयाद अंसारी , दिव्या गरी , मुसरफ अंसारी र अफरोज अंसारीले भोलेन्टीयरको रुपमा खटिएर खाना वितरण गर्दै आएका छन ।
प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

एमालेको सड़क प्रदर्शनले सरकारको असफलतालाई पुष्टी गर्छ : प्रभु साह

कालिका टाईम्स

पर्सागढीकाे शिक्षक नियुक्ति विवाद अदालत सम्म पुग्याे

कालिका टाईम्स

फस्ट स्टेप प्रिस्कुलकाे दाेस्राे बार्षिकाेत्सव सम्पन्न

कालिका टाईम्स
SQL requests:207. Generation time:2.941 sec. Memory consumption:82.25 mb