22.5 C
Birgunj
24 October 2024
KALIKATIMES.COM

वीरगंजमा थप ७८ जनामा काेराेना संक्रमण पुष्टि

वीरगंज । पर्सामा पछिल्लो समयकै सबैभन्दा धेरै कोरोना भाइरस अर्थात कोभिड-१९ का सङ्क्रमित थपिएका छन् । पर्सामा चैतको अन्तिम सातादेखि सङ्क्रमित बढेपनि पहिलो पटक साेमबार एकैदिनमा ६२ जना सङ्क्रमित थपिएका छन् ।

वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा १ सय ४१ जनाको आरटी-पिसिआर प्रविधिबाट थ्रोट स्वाबको नमुनालाई परिक्षण गर्दा पर्साका ६२ जनासहित ७८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको हो ।

अन्य थपिएका सङ्क्रमितहरु बाराका १२ जना, सर्लाहीका २ जना, बागमती र नेपालगञ्जका एक/एक जना छन् ।

अस्पतालका कोभिड संयोजक डा. सरोज रोशन दासले उपलब्ध गराएको विवरण अनुसार थपिएका अधिकान्स सङ्क्रमित पर्साको सदरमुकाम वीरगञ्ज महानगरको विभिन्न वडाका वासिन्दा हुन् ।

पर्सा जिल्लामा थपिएका सङ्क्रमितमध्ये वीरगञ्जको विभिन्न वडाका ५२ जना, पर्सागढी नगरपालिकाका ३ जना, पकाहामैनपुर र ठोरी गाउँपालिकाका २/२ जना, बिन्दबासिनी, सखुवापर्सौनी र कालिकामाई गाउँपालिकाका १/१ जना रहेको डा. दासले जानकारी दिए । 

त्यसैगरी बारा जिल्लाको सदरमुकाम कलैया उपमहानगरपालिकाका ४ जना, प्रसाैनी गाउँपालिकाका २ जना, परवानीपुर गाउँपालिकाका, निजगढ नगरपालिकाका, महागढीमाई नगरपालिकाका, जितपुरसिमरा उपमहानगरपालिकाका र बिष्णुपुरुवाका १/१ जना सङ्क्रमित भएको उनले बताए ।

त्यस्तै सर्लाहीको मलंगवा र लालबन्दीका १/१ जना, नेपालगञ्जको गणेशपुरका र काठमाडौँको बागमतीका १/१ जनामा पनि सङ्क्रमण देखिएको छ ।

थपिएका सङ्क्रमितमा ४ वर्षीय बालकदेखि ७५ वर्षीय वृद्धसमेत रहेका छन् । उनीहरुको सिटि भ्यालु १३.१ देखि ३५.५ सम्म रहेको डा. दासले जानकरी दिए ।

वीरगन्जमा अहिले ३२ जना संक्रमित अस्पतालमा उपचाररत छन् । नारायणी अस्पतालमा २३ जना र बयोधा अस्पतालमा ९ जना संक्रमित उपचाररत रहेको नारायणी अस्पतालका कोभिड कोर्डिनेटेर डाक्टर दासले जानकारी दिए ।

नारायणी अस्पतालमा १७ जना संक्रमित आइसियुमा र ६ जना संक्रमित आइशोलेसन वार्डमा उपचाररत रहेको उनले बताए ।

वीरगन्जमा संक्रमण पुष्टि भएका कोरोनाका सामान्य लक्षण भएका संक्रमितहरुलाइ भने होम आइशोलेसनमा पठाउने गरिएको डाक्टर दासले जानकारी दिए । कोरोना संक्रमणका कारण पछिल्लो एक हप्तामा पर्सा र बाराका ५ जनाले ज्यान पनि गुमाइसकेका छन् । 

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

पर्सा प्रहरीद्वारा एक विघा गाँजा खेती नष्ट

कालिका टाईम्स

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता हुने

कालिका टाईम्स

माओवादी केन्द्र पाेखरियाले २१ बुंदे माग राख्दै नगरपालिकालाई बुझायाे ज्ञापन

कालिका टाईम्स
SQL requests:215. Generation time:5.455 sec. Memory consumption:81.41 mb