24.6 C
Birgunj
24 October 2024
KALIKATIMES.COM

प्रसौनी भाठ्ठामा सशस्त्र प्रहरीकाे विओपी स्थापना

वीरगंज । पर्साको बिन्दवासिनी गाउँपालिका वार्ड न–५,प्रसौनी भाठ्ठास्थित छोटी भन्सार कार्यालय परिसरमा बुधबार एक कार्यक्रम बिच सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट प्रसौनी भाठ्ठाको उद्घाटन गरिएको छ ।

कार्यक्रमका प्रमुख अतिथि सशस्त्र प्रहरी बल नेपाल २ नम्बर, छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीका सशस्त्र प्रहरी नायब महानिरीक्षक चन्द्र प्रकाश गौतमले पोष्टको उद्घाटन गरेका थिए ।

सिमामा हुने अपराधी गतिविधि,राजस्व छली, लागुऔषध ओसारपसार,चेलिबेटी बेचबिखन जस्ता कार्यहरु नियन्त्रण गर्ने उदेश्यका साथ पर्सा जिल्लाको १७ औ बिओपीको रुपमा प्रसौनी भाट्टामा सो पोष्ट स्थापना गरिएको जनाइएको छ ।

उद्घाटन कार्यक्रममा विन्दवासिनी गाउँपालिकाका अध्यक्ष श्रीलाल साह कानु, उपाध्यक्ष किरण देवी गुप्ता, पर्साका प्रमुख जिल्ला अधिकारी आसमान तामाङ्ग, पर्साका प्रहरी उपरीक्षक बेलबाहादुर पान्डे, सशस्त्र प्रहरी उपरीक्षक राजेन्द्र खडका, वीरगंज भन्सारका अधिकृत महेश आचार्य लगायत विभिन्न बिओपीका इन्चार्ज तथा स्थानीय बासिहरुको सह्भागिता रहेको थियो ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

पर्सा प्रहरीद्वारा एक विघा गाँजा खेती नष्ट

कालिका टाईम्स

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता हुने

कालिका टाईम्स

माओवादी केन्द्र पाेखरियाले २१ बुंदे माग राख्दै नगरपालिकालाई बुझायाे ज्ञापन

कालिका टाईम्स
SQL requests:215. Generation time:5.604 sec. Memory consumption:81.46 mb