26.6 C
Birgunj
24 October 2024
KALIKATIMES.COM

कलैयामा नेकपा र जसपाकाे विजयी जुलुश सम्पन्न

बारा । प्रतिनिधि सभा पुुन:स्थापना गर्ने सर्वाेेच्च अदालतको फैसलाको स्वागत गर्दै नेपाल कम्युनिस्ट पार्टी प्रचण्ड-माधव समुह र जनता समाजबादी पार्टी बाराले कलैयामा बिजयी जुलुस निकालेेकाे छ ।

कलैया रामजानकी मंदिरबाट निस्केको बिजयी जुलुसमा सम्मानित अदालत जिन्दावाद, यो जित कसको ? जनताको लगायतकाे नाराका साथ राजदेबी मंदिर हुँदै गुप्ता सिनेमा हल भइ बारा जिल्ला अदालतलमा पुगी मुल गेटमा फुलमाल लगाउदै नयाँ बस पार्क हुँदै भरत चौकमा पुगी काेण सभामा परिणत भएकाे थियो ।

जसपाका बारा अध्यक्ष अजय पटेलकाे अध्यक्षतामा भएकाे सभामा नेकपा प्रदेस कमिटि सदस्य प्रभु यादव, रामकिशोर यादव लगायतकाले मन्तव्य राखेका थिए भने कार्यक्रमकाे संचालन नेकपाका जिल्ला कमिटी सदस्य मुकेश साहले गरेका थिए ।

बिजय जुलुसमा जनता समाजबादी पार्टिका केन्द्रिय सदस्य तथा बारा क्षेत्र नं‍. ३ का प्रतिनिधि सभा सदस्य रामबाबु कुमार यादव, रामश्हाय यादव, संविधान सभा सदस्य प्रमोद गुप्ता, रमेश यादव र नेपाल कम्युनिस्ट पार्टी बारा जिल्ला कमिटी सदस्य जवाहिर अंसारी, रमेश साह, धुर्ब यादव, आबिद अंसारी, युवा नेता बैधनाथ साह, रमोद यादव, संदिप यादव, इमरान आलम लगायतकाे सहभागिता रहेकाे थियाे ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

पर्सा प्रहरीद्वारा एक विघा गाँजा खेती नष्ट

कालिका टाईम्स

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता हुने

कालिका टाईम्स

माओवादी केन्द्र पाेखरियाले २१ बुंदे माग राख्दै नगरपालिकालाई बुझायाे ज्ञापन

कालिका टाईम्स
SQL requests:215. Generation time:5.267 sec. Memory consumption:81.47 mb