22.5 C
Birgunj
24 October 2024
KALIKATIMES.COM

उद्योग वाणिज्य महासंघ प्रदेश २ को अध्यक्षमा गणेश लाठ निर्विराेध

anesh lath nirbachit

वीरगन्ज । नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश २ को अध्यक्षमा वीरगन्जका उद्योगी गणेश लाठ निर्विरोध चयन भएका छन् ।

जनकपुर उद्योग वाणिज्य संघको सहयोगमा जनकपुरस्थित आयोजित दोश्रो साधारणसभा तथा दोश्रो अधिवेशनबाट वीरगन्जका उद्योगी एवं वीरगन्ज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष समेत रहेका लाठ प्ररदेश अध्यक्षमा निर्विरोध चयन भएका हुन् ।

उक्त अधिवेशनबाट उपाध्यक्षमा सप्तरी उद्योग वाणिज्य संघका अरुण कुमार प्रधान एवं रामजानकी प्लाष्टिक ई. प्रा.लि.का सञ्चालक राजेश अग्रवाल निर्विरोध चयन भएका छन् भने कोषाध्यक्षमा जलेश्वर उद्योग वाणिज्य संघका कृपा शंकर साह निर्विरोध चयन भएका छन् ।

यसैगरि कार्यकारिणी सदस्यहरुमा सुन्दर फर्निचर प्रालिका प्रदीप कुमार केडिया, जिल्ला उद्योग वाणिज्य संघ सिरहा लहानका विकास कुमार सारदा, रामनगर मिर्चैया उद्योग वाणिज्य संघका हरिशंकर साह, सिरहा उद्योग वाणिज्य संघका सरोज कुमार महतो, रौतहट उद्योग वाणिज्य संघका पण्डित प्रसाद जयसवाल तथा गौशाला उद्योग वाणिज्य संघका रामराजा प्रसाद साह निर्विरोध चयन भएका हुन् ।

त्यसैगरि मनोनित सदस्यमा मलंगवा उद्योग वाणिज्य संघका विरेन्द्र कुमार शाह, वीरगन्ज उद्योग वाणिज्य संघका अशोक कुमार टेमानी तथा जनकपुर उद्योग वाणिज्य संघकी दिपिका राय निर्विरोध चयन भएको वीरगन्ज उद्योग वाणिज्य संघका सचिव माधव राजपालले जानकारी दिए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

पर्सा प्रहरीद्वारा एक विघा गाँजा खेती नष्ट

कालिका टाईम्स

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता हुने

कालिका टाईम्स

माओवादी केन्द्र पाेखरियाले २१ बुंदे माग राख्दै नगरपालिकालाई बुझायाे ज्ञापन

कालिका टाईम्स
SQL requests:215. Generation time:4.814 sec. Memory consumption:81.47 mb