26.6 C
Birgunj
24 October 2024
KALIKATIMES.COM

वीरगंजबाट एक दर्जन भन्दा बढी नेता तथा कार्यकर्ता पक्राउ

वीरगंज । वीरगंजबाट नेकपा प्रचण्ड माधव समूहका एक दर्जन भन्दा बढी नेता तथा कार्यकर्ता पक्राउ परेका छन् ।

वीरगंजकाे घण्टाघर चाैकबाट नेकपा वीरगंज महानगर कमिटी अध्यक्ष रहबर अन्सारी, जिल्ला कमिटी सदस्य मनाेज चाैधरी, युवा संघका केन्द्रिय सदस्य अरुण यादव, अनेरास्ववियुका केन्द्रिय सदस्य प्रभाकर गुप्ता, शिवम साह, जुबेर आलाम, नेता अरबिन्द सिंह, टुनटुन तिवारी, सुनिल कुशवाहा, विद्यार्थी नेता रामबाबु मण्डल लगायत पक्राउ परेका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीकाे असंवैधानिक कदम विरुद्ध पार्टीकाे केन्द्रिय संघर्ष समितिद्वारा घाेषित नेपाल बन्दकाे कार्यक्रम सफल बनाउन घण्टाघर पुगेका आफुहरुलाई प्रहरीले नियन्त्रणमा लिएकाे प्रकाउ परेका मध्येका अनेरास्ववियुका केन्द्रिय सदस्य गुप्ताले वताए ।

पक्राउ परेकाे सबै जनालाई  जिल्ला प्रहरी कार्यालय पर्सामा राखिएकाे छ ।

prakau netaharu

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

पर्सा प्रहरीद्वारा एक विघा गाँजा खेती नष्ट

कालिका टाईम्स

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता हुने

कालिका टाईम्स

माओवादी केन्द्र पाेखरियाले २१ बुंदे माग राख्दै नगरपालिकालाई बुझायाे ज्ञापन

कालिका टाईम्स
SQL requests:216. Generation time:6.672 sec. Memory consumption:81.46 mb