21.1 C
Birgunj
25 October 2024
KALIKATIMES.COM

डा. कुशवाहाकाे निधनले शैक्षिक क्षेत्रमा अपूर्णिय क्षति : मुख्यमन्त्री राउत

वीरगंज । प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउतले ठाकुर राम बहुमुखी क्याम्पस विरगंजका क्याम्पस प्रमुख डा. कुशावाहाको असामयिक निधन प्रति श्रद्धाञ्जली व्यक्त गर्नु भएको छ ।

५२ वर्षको उमेरमा गए राति निधन भएको डा. कुशवाहा संस्थापक रहेको ओम इन्टरनेशनल कलेज पुगी मुख्यमन्त्री राउतले उहाँ प्रति श्रद्धाञ्जली व्यक्त गर्नु भएको हो ।

ठाकुर राम क्याम्पसमा अध्यापन गराउँदाको दिनहरुलाई सम्झिदै मुख्यमन्त्री राउतले उहाँको मिलनसार व्यक्तित्व, शालिन्ता अविस्मरणीय रहने उल्लेख गर्नु भयो ।

कोरोना कालमै निधन भएको प्राध्यापक प्रमोद गुप्तालाई समेत स्मरण गर्नु हुूँदै मुख्यमन्त्री राउतले उहाँहरुको निधनले ठाकुर राम क्याम्पस र विरगंजको समग्र शैक्षिक क्षेत्रलाई अपूर्णीय क्षति भएको बताउनु भयो ।

उक्त श्रद्धाञ्जलीसभामा जसपा केन्द्रिय सदस्य विरेन्द्र यादव, संघीय परिषद सदस्य सलाउदिन अहमद, ठाकुर रामका पूर्व क्याम्पस प्रमुख डा. प्रमोद कुशवाहा, पिरामेड कलेजका प्रमुख संजय सिंह सहितको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

वीरगंजमा विभिन्न कार्यक्रम गरि विश्व पाेलियाे दिवस मनाइयाे

कालिका टाईम्स

पर्सा प्रहरीद्वारा एक विघा गाँजा खेती नष्ट

कालिका टाईम्स

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता हुने

कालिका टाईम्स
SQL requests:216. Generation time:5.019 sec. Memory consumption:81.47 mb