21.1 C
Birgunj
25 October 2024
KALIKATIMES.COM

ठाकुर राम क्याम्पस प्रमुख डा. कुशवाहाको निधन

वीरगंज । ठाकुरराम बहुमुखी क्याम्पस वीरगंजका प्रमुख डा. राजदेव कुशवाहाको निधन भएको छ । जन्डिस रोगको उपचारको क्रममा काठमाण्डौमा रहनु भएका डा. कुशवाहको गएराती काठमाडौँस्थित नर्भिक अस्पतालमा निधन भएको हो । 

नर्भिक अस्पतालको अघि सघन उपचार कक्षमा  भेन्टिलेटरमा राखेर उपचार भइरहदा  आज बिहान २ बजे उहाँको निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

डा. कुशवाहको अन्त्येष्टि आजै उँहाको पैतृक गाउँ वीरगञ्ज महानगरपालिकास्थित कोहड़ीमा हुने कार्यक्रम रहेको छ ।

डा. कुशवाह गणित ज्ञाता हुनुहुन्थ्यो ।  वीरगञ्जस्थित ओम नेशनल एकेडमीका संस्थापक निर्देशक समेत रहनु भएका डा.कुशवाहा अन्तरमुखी स्वभावको रहेको उहाँका सहकर्मीको भनाई छ । उहाँको निधनले बीरगंजले एक जन सुबिख्यात प्रात्र गुमाएको छ ।

ठाकुर राम बहुमुखी क्याम्पसको प्राज्ञीक वतावररण राम्रो बनाउने प्रतिवद्धता जनाउनु भएका डा.कुशवाहाको निधनले ठुलो क्षती पुगेको छ । 

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

वीरगंजमा विभिन्न कार्यक्रम गरि विश्व पाेलियाे दिवस मनाइयाे

कालिका टाईम्स

पर्सा प्रहरीद्वारा एक विघा गाँजा खेती नष्ट

कालिका टाईम्स

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता हुने

कालिका टाईम्स
SQL requests:216. Generation time:5.578 sec. Memory consumption:81.46 mb