21.1 C
Birgunj
25 October 2024
KALIKATIMES.COM

आशा किरण केन्द्र वीरगंजको वार्षिकोत्सव सम्पन्न

aasa kiran kendra_kalika times

वीरगंज । आशा किरण केन्द्र बिरगंजको प्रथम वार्षिकोत्सव कार्यक्रम आइतबार सम्पन्न भएकाे छ । केन्द्रका अध्यक्ष पृथ्वी राज भन्डारी (निजु)को सभापतित्वमा भएको कार्यक्रमकाे उदघाटन वीरगंज महानगरका मेयर बिजय कुमार सरावगीले पानसमा बत्ती बालेर गरेका थिए ।

कार्यक्रमकाे उदघाटन गर्दै प्रमुख अतिथी समेत रहेका मेयर सरावगीले आशा किरण केन्द्रले सुस्त मनिस्थिती, मस्तिष्क पक्षघात जस्ता बालबालिकाहरुको क्षेत्रमा गर्दै आएको कार्य निकै उल्लेखनीय रहेको प्रशंसा गर्दै आगामी दिनमा महानगरपालिकाले समन्वय गरि पर्सा जिल्लामा रहेला यस्ता प्रकारका बालबालिकालाई सेवा एवं सहयोग पुर्याउने प्रतिबद्धता व्यक्त्त गरे ।

केन्द्रका संस्थापक सुनिल गिप्ताले दुई दिन सम्म संचालित बालबालिकाहरुको स्वास्थ्य शिविरमा करिब १५० जना बालबालिकाहरुको स्वास्थ्य परिक्षण गर्दा झन्डै ५५ जना बालबालिका मस्तिष्क पक्षघातका रहेकोे र हामिले त्यस्ता बालबालिकाहरुलाई सब्बल बनाउनका लागि यो संस्था संचालन गरेको वताए ।

संस्थाका महासचिव ममता राजकर्णिकारले शुभकामना मन्तव्य व्यक्त गर्दै प्रगति प्रतिबेदन, आर्थिक प्रगति प्रतिबेदन प्रस्तुत गरेका थिए । कार्यक्रमको अन्तमा केन्द्रका अध्यक्ष पृथ्वीराज भन्डारिले यो संस्थामा तपाईं हामी सबैको बालबालिकाको लागि नै सेवा प्रदान गरिने भएकोले यश संस्था प्रती सबैको सकारात्मक सोच र सहयोग रहेको साथै आउने दिनमा समेत उल्लेखनीय साथ र सहयोग प्राप्त हुने अपेक्षा राखे ।

सिद्धार्थ मावि वीरगंजमा भएकाे कार्यक्रममा वडाध्यक्ष भरत मुखिया, वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरीक्षक दिपक शाह, बिर्ता वडा प्रहरी कार्यालयका प्रहरी निरीक्षक निर्मन पनेरु, बालगोपाल थापा, डा. प्रज्ञा कर्मचार्य, पन्कज श्रेष्ठ, अनिल गुप्ता, रोशन श्रेष्ठ, सतिश सिह राजपुत, अरबिन्द सिंह, रेडक्र्स पर्साका उपसभापति मधु राणा, नुतन सरावगी, श्याम सरार्फ लगायतको सहभागिता रहेको थियाे । कार्यक्रमकाे संचालन केन्द्रका सचीव एवं स्वयं सेवक राजन श्रीवास्तवले गरेका थिए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

वीरगंजमा विभिन्न कार्यक्रम गरि विश्व पाेलियाे दिवस मनाइयाे

कालिका टाईम्स

पर्सा प्रहरीद्वारा एक विघा गाँजा खेती नष्ट

कालिका टाईम्स

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता हुने

कालिका टाईम्स
SQL requests:217. Generation time:3.845 sec. Memory consumption:81.48 mb