21.1 C
Birgunj
25 October 2024
KALIKATIMES.COM

वीरगंज श्रीपुर स्थित खाजा पसलमा आगलगी, ५ लाख बराबरकाे क्षति

shreepur aglagi_kalikatimes

वीरगंज । वीरगंज महानगरपालिकाकाे वडा नं. ११ श्रीपुरमा आज दिउसाे आगलगी भएकाे छ । वडा प्रहरी कार्यालय श्रीपुर नजिक मेन राेड स्थित रहेकाे खप्डाकाे घरमा ग्यसा लिक भएर आगलगी भएकाे प्रहरीले जनाएकाे छ ।

पर्साकाे बहुदरमाई नगरपालिका डकैला बहुअरी निवासी गया साह राैनियारकाे घरमा संचालित २ वटा खाजा पसलमा दिउसाे ३ बजे आगलगी भएकाे वडा प्रहरी कार्यालय श्रीपुरले जनाएकाे छ । वीरगंज श्रीपुर निवासी बरेलाल साह साेनार र रामराज चाैधरीले संचालन गरेकाे खाजा पसलमा भएकाे आगलगीले ५ लाख बराबरकाे क्षति भएकाे पिडितले जनाएका छन् ।

आगलगीले साेनारकाे खाजा पसलमा रहेकाे भाँडा ब्रतन, टेबुल, कुर्सी, फ्रिज, पंखा लगायतकाे सरसामान जलेर नष्ट भएकाे पिडितले वताएका छन् । साे नजिकै रहेकाे चाैधरीकाे खाजा पसल पनि पुर्ण रुपले जलेर नष्ट भए पनि त्यसमा रहेकाे सरसामान निकालिएकाे प्रहरीले जनाएकाे ।

वीरगंज महानगरपालिकाबाट पुगेकाे दमकल, स्थानिय र प्रहरीकाे सहयाेगमा आगाे नियन्त्रणमा आएकाे वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरिक्षक दिपक साहले वताए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

वीरगंजमा विभिन्न कार्यक्रम गरि विश्व पाेलियाे दिवस मनाइयाे

कालिका टाईम्स

पर्सा प्रहरीद्वारा एक विघा गाँजा खेती नष्ट

कालिका टाईम्स

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता हुने

कालिका टाईम्स
SQL requests:216. Generation time:3.023 sec. Memory consumption:81.41 mb