31.7 C
Birgunj
23 October 2024
KALIKATIMES.COM

१६ बर्ष अगाडीका डाका मुद्धाका फरार अभियुक्त अंसारी पक्राउ

ansari pakrau_kalikatimes

वीरगंज । पर्साको कालिकामाई गाउँपालिका वडा नम्बर ४ प्रशुरामपुरबाट एक फरार अभियुक्तलाई  प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय पोखरीयाले साेही ठाउँ निवासी ६० बर्षीय महम्मद गन्नी अंसारीलाई पक्राउ गरेेकाे हाे ।

पर्सा जिल्ला अदालतको मिति २०५९।०६।०८ गतेको फैसलाले ६ बर्ष कैद र रु ३६ हजार ४ सय ३२ जरिवाना तोकिएको डाँका मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरिएकाे इलाका प्रहरी कार्यालय पाेखरियाका प्रहरी निरिक्षक चन्द्र सिंहले वताए ।

१६ बर्ष अगाडी डाका मुद्धाका फरार अभियुक्त अंसारीलाई बिहिबार राती उनकै घर नजिकबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । बिशेष सुराकीको आधारमा प्रहरीले अंसारीलाई नियन्त्रणमा लिएको र आज जिल्ला अदालतमा पेश गर्ने तयारी भइरहेकाे प्रहरी कार्यालय पाेखरियाले जनाएकाे छ ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

तलब नपाएकाे भन्दै शिक्षकहरु पढाउन छाडेपछि विद्यार्थीहरु आन्दाेलित

कालिका टाईम्स

जसपा नेपाल विन्दवासिनीका अध्यक्षले पनि छाडे पार्टी, जसपामा गरे प्रवेश

कालिका टाईम्स

खानेपानी मन्त्री यादवद्वारा एक सय दिनका उपलब्धिहरू सार्वजनिक

कालिका टाईम्स
SQL requests:217. Generation time:6.095 sec. Memory consumption:81.45 mb