21.9 C
Birgunj
26 October 2024
KALIKATIMES.COM

पर्सामा १ वर्षको अवधिमा बलात्कार संग सम्बन्धित ३७ घटना

ensec_kalikatimes

वीरगंज । पर्सामा बितेको १ वर्षको अवधिमा ६० वटा मानवअधिकार संग सम्बन्धित घटनाहरु भएको तथ्यांक अनाैपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) पर्साले सार्वजनिक गरेको छ ।

वीरगंजमा आयाेजित नेपाल मानवअधिकार वर्ष पुस्तक २०२० को बार्षिक पुर्व समिक्षा गोष्ठीमा बलात्कार, बलात्कार प्रयास, हत्या, हत्या प्रयास, परिवारजनबाट हत्या, अपहरण, मानव बेचबिखन लगायतका मानव अधिकार संग सम्बन्धित तथा अपराधिक घटनाहरु ६० वटा दर्ता भएको इन्सेक पर्साका प्रतिनिधि केसी लामिछानेले वताए ।

इन्सेकले सार्वजनिक गरेको तथ्यांकमा वि स.२०७५ पौष १८ गतेदेखी २०७६ पौष १० गतेसम्म बलात्कार सँग सम्बन्धित ३७ वटा, परिवाजनबाट हत्या ७, हत्या प्रयास १, एसिड प्रहार १, अपहरण १, प्रहरीको गोलि प्रहार २, मानव वेचबिखन ४, बहुविवाह ६, बिस्फाेट २,  घटनाहरु भएको प्रतिवेदन लामिछानेले प्रस्तुत गर्नु भयाे ।

कार्यक्रममा वाेल्दै जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरिक्षक सोमेन्द्र सिँह राठौरले समुदायिक प्रहरी कार्यक्रम अन्तर्गत छात्राहरुलाई मुख्य प्राथिमकता दिइएकाे वताए । खुल्ला सिमा भएको कारण सुरक्षा व्यवस्थामा चुनौति भएपनि प्रहरी सक्रीयता बढाएर निरन्तर प्रयास भइरहेको बताए ।

उनले पहिला सहमतीमा बस्नेहरु पनि पछि बलात्कारकाे घटनामा परिणत हुने गरेकाे समेत वताए । महिलाकाे सवालमा मात्र प्रहरी कार्यालयबाट सुचना लुकाउने गरिएकाे उनकाे भनाई थियाे ।

ensec samikxa gosthi_kalikatimes_n

मानव अधिकार निगरानी समाज पर्साका अध्यक्ष तवरेज अहमदको सभापतित्वमा भएको समिक्षा गोष्ठीमा नेपाल पत्रकार महासंघ प्रदेश न. २ का अध्यक्ष दिपेन्द्र चौहान, सामाजिक अभियानता प्रकाश थारु, मानव अधिकार संगठन पर्साका सचिव शिवनाथ यादव, पत्रकार महासंघ पर्साका सचिव युवारज खडका, काेषाध्यक्ष भुषण यादव, प्रेस संगठन पर्साका संयोजक निरज पिठाकोठे मगर, संघिय प्रेस पर्साका अध्यक्ष आरके पटेल, भोलन्टियर वीरगंजका संयाेजक राजन श्रीवास्तव, समग्र उद्योग ट्रेड युनियनकी केन्द्रिय सदस्य गीता भण्डारी, अखिल नेपाल महिला संघ पर्साकी रंजु फुँयाल लगायतको सहभागिता रहेको थियो ।

 

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

उपेन्द्र यादवको अधिनायकवादले पार्टी विभाजन अनिवार्य बनायो : प्रदिप यादव

कालिका टाईम्स

सहकारी ठगहरूले उन्मुक्ति पाउँदैनन् : मन्त्री गुप्ता

कालिका टाईम्स

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता सम्पन्न, साउथजाेन मावि भए प्रथम

कालिका टाईम्स
SQL requests:218. Generation time:2.664 sec. Memory consumption:81.47 mb