वीरगंज । पर्साकाे २ ठाउँमा आज विहान आगलगी हुदा ८ लाख ५० हजार बराबरकाे क्षति भएकाे छ । पर्साकाे कालिकामाई गाउँपालिकाकाे वडा नं. ३ हरिहरपुर विर्ता र छिपहरमाई गाउँपालिकाकाे वडा नं. १ मिर्जापुरमा मंगलबार विहान आगलगी भएकाे प्रहरीले जनाएकाे छ ।
कालिकामाई गाउँपालिका वडा नम्बर ३ हरिहरपुर बिर्ता निवासी राधेश्याम गाेढको खपडाको भान्छा घरमा आगलगी हुदा ३ लाख मुल्य बराबरको क्षती भएको छ । खाना पकाउने चुल्होबाट आगो सल्केर बिहान ५.१५ बजे भएको आगलगीबाट अन्नपात, भाडाकुडा, मसुरोकाे दाल २ ड्राम, लताकपडा लगायतका सरसमान जल्दा रु ३ लाख बराबरको क्षती भएको ईलाका प्रहरी कार्यालय पोखरीयाका प्रहरी नायब निरिक्षक बिनोद रानाले बताए ।
आगलगीले घर पूर्ण रुपले जल्नुकाे साथै घरमा राखिएकाे अन्नपात र सरसमान जलेर नष्ट भए पनि पशुचाैपाय तथा मानविय क्षति नभएकाे उनले जानकारी गराए ।
यस्तै छिपहरमाई गाउँपालिका वडा नम्बर १ मिर्जापुर निवासी चन्जीत महतो कोईरीको खपडाकाे भान्छा कोठामा आज बिहान ३.३० बजेको समयमा अकस्मात आगलगी हुदा रु ५ लाख ५० हजार बराबरकाे क्षति भएकाे छ । भान्छा घर मै राखिएकाे ना.६२ प. ६२५३ नम्बरको अपाचे मोटरसाईकल र बिआर २२ के. ९५३२ भारतिय नम्बरको गलेमर मोटरसाईकल पुर्ण रपमा जलेर नष्ट भएको छ ।
आगलगीले घर पूर्यण रुपले जल्नुकाे साथै घरमा रहेको २ वटा माेटरसाईक, धान, चामल, दाल लगायतकाे सरसमान जलेर नष्ट भएकाे प्रहरीले जनाएको छ । पोखरिया नगरपालिकाबाट पुगेकाे दमकल, स्थानिय र प्रहरीकाे सहयाेगमा आगाे नियन्त्रणमा आएकाे प्रहरी चाैकी मिर्जापुरले जनाएकाे छ ।
आगलगी कसरी भयाे भने नखुले पनि आगाे अज्ञात समुहले लगाएकाे हुन सक्ने स्थानियहरुले वताएका छन् ।