21.1 C
Birgunj
25 October 2024
KALIKATIMES.COM

जग्गाकाे मूल्याँकन बढाउन मालपाेतकाे कर्मचारी मिलाउन दलाल सक्रिय

malpot karyalaya parsa_kalikatimes

वीरगंज । जग्गाकाे मूल्याँकन बढाउन मालपाेत कार्यालय पर्साका कर्मचारी मिलाउन दलाल सक्रिय भएका छन् । विगतमा हुदै आएकाे मूल्यांकन बढाउने कार्य हाल काठमाण्डाैकाे एक कम्पनीले वीरगंजमा खरिद गरेकाे जग्गाकाे मुल्यांकन बढाउने मालपाेतका कर्मचारीलाई मिलाउने कार्य भइरहेकाे समाचार प्राप्त भएकाे छ ।

हाम्राे ग्रुप अफ कम्पनी काठमाण्डाैले वीरगंज महानगरपालिकाकाे मनियारीमा खरिद गरेकाे जग्गाकाे नामसारी गर्ने क्रममा मूल्यांकन बढाउनकाे लागि दलाल मार्फत मालपाेतकाे कर्मचारीलाई मिलाउने कार्य भइरहेकाे बुझिएकाे छ । स्राेतका अनुसार बैंकबाट ऋण लिनकाे लागि कम्पनीले ठूलाे परिमाणमा कराेडाै रुपयामा खरिद गरेकाे जग्गाकाे मूल्यांकन बढाउन लागि परेकाे छ ।

मालपाेत कार्यालय पर्सामा तत्कालिन सुब्बा मदन गुप्ता हुदा समय साेही जग्गाकाे मूल्यांकन बढाएर नामसारी गराउन प्रयास हुदा पनि विफल भएकाे थियाे । साे समयमा जग्गा नामसारी गराउने समयमा जग्गाकाे थैली राख्दा दुई किसिमकाे रसिद काट्ने गरिन थियाे । थैली अनुसारकाे बुझाउनु पर्ने नामसारी करकाे रसिद एउटा नक्कली र एउटा सक्कली काट्ने गरिन थियाे ।

सक्कली रसिद मालपाेत कार्यालयकाे अभिलेखमा राखिने र नक्कली रसिद बाहिर देखाउने प्रयाेजनकाे लागि प्रयाेग गरिनथ्याे । सक्ली रसिदमा जग्गाकाे कम थैली देखाएर सरकारी दस्तुर कम जम्मा गरिने र नक्कली रसिदमा बढी थैली देखाएर दलाल मार्फत प्राप्त रकममा बाँडफाड गरिने गरिनथ्याे । जुन कार्य गर्ने मालपाेतका कर्मचारी र गराउने दलाललाई माेटाे रकम आमदनी हुने गर्थियाे ।

बैंक प्रयाेजनकाे लागि साेही प्रवृति पुन: पुनरावृत गराई जग्गाकाे मुल्यांकन बढाउन दलाल लेखन्दास सक्रिय भएकाे समाचार स्राेतले जनाएकाे छ ।

 

 

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

वीरगंजमा विभिन्न कार्यक्रम गरि विश्व पाेलियाे दिवस मनाइयाे

कालिका टाईम्स

पर्सा प्रहरीद्वारा एक विघा गाँजा खेती नष्ट

कालिका टाईम्स

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता हुने

कालिका टाईम्स
SQL requests:216. Generation time:3.109 sec. Memory consumption:81.42 mb