21.9 C
Birgunj
26 October 2024
KALIKATIMES.COM

नमुना सयुक्त राष्ट्र संघको पहिलो संस्करण वीरगंजमा हुने

patrakar samelan5_kalikatimes

वीरगंज । वीरगंजमा नमुना सयुक्त राष्ट्र संघको पहिलो संस्करण हुने भएको छ । वीरगंज पब्लिक कलेजमा यही पौष ११ गतेदेखी १३ गते सम्म कार्यक्रम आयाेजना हुने आयाेजकले जनाएकाे छ ।

युवाहरुको क्षमता अभिबृद्धि र व्यक्तित्व बिकास गराउने र राष्ट्रनिर्माणमा युवाहरुको सहभागिता गराउने अभिप्रायले कार्यक्रमको आयोजना गर्न लागिएकाे आयाेजक संस्था बैचारिक युवा समाजका दिलिप हजाराले वताए ।

बैचारिक युवा समाज र अमेरीकी दुतावास नेपालको सहकार्यमा प्रदेश न. २ मै पहिलो पटक यस्तो कार्यक्रम हुन लागेको आयोजकको दाबी छ । वीरगञ्ज पब्लिक कलेजको सभाहलमा आज पत्रकार सम्मेलनको आयोजना गरी कार्यक्रमको बारेमा आयोजकले जानकारी गराएको हो ।

संयुक्त राष्ट्रसंघका गतिबिधि र आगामी दिनमा गर्ने क्रियाकलापका साथै बिकास निर्माण, वातावरणको संरक्षण र महिला हिंसा लगायतका बिषयमा छलफल र बिचारको आदान प्रदान गर्न पनि यस कार्यक्रमले सहयोग पुग्ने बिश्वास आयाेजककाे छ ।

सो कार्यक्रममा प्रदेश न. २ का ८ वटै जिल्लाबाट बिभिन्न क्षेत्रका ६० जना युवाहरुको सहभागिता रहने छ । यसैगरी ७ वटै प्रदेशमा कार्यक्रम समापन भइसकेपछि त्यसमध्येबाट छनौट भएकाहरुलाई काठमाण्डौमा हुने अन्तराष्ट्रिय सम्मेलनमा पनि सहभागि गराइने संस्थाका निमेश बाबु ओलिले जानकारी गराए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

उपेन्द्र यादवको अधिनायकवादले पार्टी विभाजन अनिवार्य बनायो : प्रदिप यादव

कालिका टाईम्स

सहकारी ठगहरूले उन्मुक्ति पाउँदैनन् : मन्त्री गुप्ता

कालिका टाईम्स

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता सम्पन्न, साउथजाेन मावि भए प्रथम

कालिका टाईम्स
SQL requests:216. Generation time:4.177 sec. Memory consumption:81.45 mb