7 April 2025
KALIKATIMES.COM

पोखरीयामा मोटरसाईकलको ठक्करबाट एक जनाको मृत्यु

sawari durghatana_kalikatimes

वीरगंज । पर्साको पोखरीया नगरपालिका वडा नम्बर ९ सेमरवारी बर्वामा मोटरसाईकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ । ना. ४६ प. ५३३० नम्बरको मोटरसाईकलकाे ठक्करले साईकलमा सवार सोही वडाका ६७ बर्षीय प्रभु महतोको मृत्यु भएको प्रहरीले जनाएको छ ।

शुक्रबार सांझ ७.३० बजेको समयमा पोखरीया नगरपालिका वडा नम्बर १० शिववर्वा निवासी मोटरसाईकल चालक ४० बर्षीय सुरेन्द्र महतोले चलाएको मोटरसाईकलबाट घाईते भएका प्रभु महतोको उपचारका लागी पोखरीया अस्पतालमा लग्दा बिरगंजको न्युरोमा रेफर गरी पठाउदा न्युरोले पनि नारायणी अस्पतालमा पठाए पछि राती ९.३० बजे उपचारको क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय पोखरीयाका सई बिनोद रानाले बताए ।

ठक्कर दिने माेटरसाइकल चालकलाई ईलाका प्रहरी कार्यालय पोखरीयाले नियन्त्रणमा ली जिल्ला प्रहरी कार्यालय पर्सामा पठाएको छ भने मोटरसाईल ईलाका प्रहरी कार्यालय पोखरीयाको नियन्त्रणमा रहेको छ । सोही क्रममा मोटरसाईकमा सवार वडा नम्बर १० शिवर्वाका १४ बर्षीय रोहित पटेल पनि घाईते भएको र निजको उपचार न्युरो हास्पीटल बिरगंजमा उपचार पक्षि घर फर्केका छन् ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

भ्रष्टाचार विरुद्ध र सुशासनकाे लागि वीरगंजमा युवा संघकाे विराेध र्‍याली

कालिका टाईम्स

अभिभावक संघकाे कार्यक्रममा ४ महिला सहित ७७ जानाद्वारा रक्तदान

कालिका टाईम्स

कालिकामाईकाे भेडिहारीमा गाउँपालिका अध्यक्ष गुप्ताद्वारा विद्यालय भवनको शिलान्यास

कालिका टाईम्स
SQL requests:215. Generation time:5.302 sec. Memory consumption:82.43 mb