21.9 C
Birgunj
26 October 2024
KALIKATIMES.COM

रेडक्रस पाेखरिया उपशाखाकाे ३० औ साधारण सभा सम्पन

sadharan sabha_kalikatimes

वीरगंज । पर्साको पोखरीयामा नेपाल रेडक्रस सोसाईटी उपशाखा पोखरीयाको ३० औ साधारण सभा सम्पन भएको छ । उपशाखा पोखरीयाका सभापति भगवान प्रसाद कुर्मीको अध्यक्षता र जिल्ला शाखाका उपमन्त्री साविर अंसारीको प्रमुख आतिथ्यतामा भएकाे सभा सम्पन्न भएकाे हाे ।

सभाले आर्थिक बर्ष २७५।०७६ को १७ वटा संचालन गरेको कामको अनुमोदन गरेको छ  भने २०७६।०७७ को ३२ वटा कामको अनुमोदन गरेको छ । उदघाटन सत्रमा अतिथीहरुले पोखरीया रेडक्रसले सराहनिय काम गरेको वताए । वाेल्ने अतिथीहरुले झोपडीबाट ३ तल्ले भवन भए पनि अब उपशाखा भवनका लागी जग्गा उपलब्ध गराउन र आआफ्नो ठाउँबाट सहयोग गर्ने प्रतिबद्धता गरेका छन ।

उदघाटन शत्रमा प्रमुख अतिथी उपमन्त्री अंसारीले अब कुनै पनि शाखामा कार्यकारणी समितीमा अध्यक्ष वा उपाध्यक्षमा एक जना महिला अनिवार्य राख्ने प्रवधान रहेको बताए । शुभकामना मन्तब्य राख्दै पुर्ब सभासद नेपाली कांग्रेसका रामेश्वर रौनियार र प्रधुमन चौहानले पर्साको दास्राे सदरमुकामको रुपमा रहेको पोखरीयाको आफनो छुटै पहिचान रहेको बताए ।

दुबै जनाले मन्तब्य राख्दै रेडक्रसले साहनिय काम गरेको र अब उपरान्त रचनात्मक काम गर्नु पर्ने बताए । हरेक समाजिक काममा रेडक्रसलाई नगरपालिकाले साझेदारीको रुपमा राखी काम गर्न थाल्नु पर्ने सुझाव राखेका थिए । दुबै जनाले रेडक्रसका र पत्रकारका लागी पोखरीया नगरपालिकाले जग्गा उपलब्ध गराउनु पर्ने जिकिर गरे ।

सभाको उदघाटन शत्रमा शुभकामना राख्दै मेयर दिपनारायाण रौनियार र उपमेयर सलमा खातुनले रेडक्रस एउट पबित्र संस्था रहेकाले सहयोग गर्ने प्रतिवद्धता जनाए । रेडक्रसका लागी जग्गा उपलब्ध गराउन प्रतिबद्धता गर्दै दुबै जनाले पोखरीया रेडक्रस उपशाखाले अति नै सराहनिय काम गरेको र अब पनि नगरपालिकाले उपशाखाको सहयोग लिने बताए । उपशाखा संग समन्वय गरी चेतनामुलक कामहरु र सामाजिक काम गर्ने बताए ।

सभामा सचिव तथा कोषाध्यक्ष अनुपस्थित रहे पनि उपाध्यक्ष राजेश रौनियार र सल्लाहकार मुकेश कुर्मीले आर्थिक तथा प्रगती प्रतिवेदन पढेर सुनाए पछि सभाका सहभागीहरुले ताली बजाएर पास गरेका थिए । कार्यक्रममा स्वागत मन्तब्य राजेश रौनियारले गरेका थिए भने कार्यक्रमका सहजिकरण मुकेश कुर्मीले गरेका थिए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

उपेन्द्र यादवको अधिनायकवादले पार्टी विभाजन अनिवार्य बनायो : प्रदिप यादव

कालिका टाईम्स

सहकारी ठगहरूले उन्मुक्ति पाउँदैनन् : मन्त्री गुप्ता

कालिका टाईम्स

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता सम्पन्न, साउथजाेन मावि भए प्रथम

कालिका टाईम्स
SQL requests:216. Generation time:4.118 sec. Memory consumption:81.45 mb