वीरगंज । पर्साको कालिकामाई गाउँपालिकाको गत बर्षकाे वाकी समाजिक सुरक्षा भत्ता एक महिना भित्र वितरण हुने भएकाे छ । गत आर्थिक वर्ष २०७५/०७६ को बाकी दुई महिनाको समाजिक सुरक्षा भत्ता एक महिना भित्र सबैले पाउने वडाध्यक्ष पवन तिवारीले वताए ।
वाकी समाजिक सुरक्षा भत्ता निकासा गराउन सम्बन्ध मै काठमाण्डाै पुगेका वडाध्यक्ष तिवारीले राष्ट्रिय परिचय पत्र तथा पंजिकरण विभागले १५ दिन भित्र समाजिक सुरक्षा भत्ताकाे वाकी रकम पठाउने सहम्मती जनाएकाे वताए । उनले वाकी समाजिक सुरक्षा भत्ता वापतकाे रु ५० लाख गाउँपालिकाकाे खातामा १५ दिन भित्र पठाउने पंजिकरण विभागले जनाएकाे समेत वताए ।
गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत राजुु साहले वाकी रकम निकासकाे लागि पहल जारी रहेकाे वताए । उनले गाउँपालिकाकाे खातामा पंजिकरण विभागले रकम पठाए लग्तै वितरण गरिने वताए ।
प्रतिक्रिया लेख्नुहोस