वीरगंज । पर्सा प्रहरीले वीरगंज महानगरपालिका वडा नं. २४ स्थितबाट ७० लिटर अवैध घरेलु मदिरा नियन्त्रणमा लिएकाे छ । जिल्ला प्रहरी कार्यालय तथा वडा प्रहरी कार्यालय श्रीपुर, पर्साबाट खटिएको प्रहरी टोलीले गस्ती/चेकजाँच गर्दै जाने क्रममा मदिरा नियन्त्रणमा लिएकाे हाे ।
साथै गैर कानूनी तवरले अवैध रुपमा भन्सार छली नेपालबाट भारततर्फ लैजादै गरेको अवस्थामा निम्न परिमाणको मदिरा सहित बि.आर. ०५ एए ५७९९ भारतिय नम्बरकाे माेटरसाइकल सहित नियन्त्रणमा लिएकाे छ । ब्लयककोक २१ पिस, गाेल्डेन वाेके ७ पिस र कसतुरी ५० पिस नियन्त्रण लिइएकाे जिल्ला प्रहरी कार्यालय पर्साले जनाएकाे छ ।
प्रतिक्रिया लेख्नुहोस