23.8 C
Birgunj
25 October 2024
KALIKATIMES.COM

प्रेस संगठन पर्साको घोषणा सभा सम्पन्न

ghosana sabha_kalikatimes

वीरगंज । नेकपा निकट प्रेस संगठन पर्साको घोषणा सभा आज सम्पन्न भएको छ । तत्तकालिन नेकपा एमाले निकट प्रेस चाैतारी र माओवादी केन्द्र निकट प्रेस सेन्टरकाे एकता पछि मिलेर बन्नेकाे प्रेस संगठन पर्साकाे घाेषणा सभा सम्पन्न भएकाे हाे ।

नेपाल पत्रकार महासंघ पर्साकाे सभा हलमा भएकाे घाेषणा सभामा वाेल्ने वक्ताहरुले श्रमजिवी पत्रकारहरुको हकहितको लागि प्रेस संगठनले काम गर्नुपर्ने धारणा राखे । वक्त्ताहरु देश बिकाश र सरकारको कमीकमजोरीकाे बारे पनि स्वतन्त्रपूर्वक कलम चलाउन आग्रह गरे ।

वक्त्ताहरुले संगठनमा लागेका पत्रकारहरुको क्षमता अभिवृद्धि गर्न बिभिन्न किसिमकाे तालिम गोष्ठीको समेत आयोजना गर्न पनि आग्रह गरे ।

कार्यक्रममा पत्रकार कन्हैया गुप्ता, हेमन्त तमाङ्ग, अकलेश साह, पुनम चौधरीले प्रेस संगठनमा प्रवेश गरे । नव प्रवेशीहरुलाई कार्यक्रमका अतिथीहरुले फुलकाे माला र अविरकाे टिका लगाई संगठन भित्र स्वागत गरेका थिए ।

संगठनका पर्सा संयोजक निरज पिठाकोठेको अध्यक्षतामा भएको कार्यक्रममा नेकपाका केन्द्रिय सदस्य एंव वीरगंज महानगर ईन्चार्ज दिनेश राई, नेकपा पर्साका अध्यक्ष प्रभु हजरा, सचिव बिजय महतो, प्रेस संगठन प्रदेश २ का इन्चार्ज लालबाबु शेख, नेकपा वीरगंज महानगर अध्यक्ष रहब अंसारी, नेपाल पत्रकार महासंघ प्रदेश २ का उपाध्यक्ष केसी लामिछाने, प्रेस संगठनका केन्द्रिय सदस्य राघव साह, प्रेस संगठन पर्साका सल्लाहकार समितीका अध्यक्ष महेश दास, नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम वन्जारा लगायतकाले मन्तव्य राखेका थिए ।

संगठनका सह संयोजक अनुप तिवारीले स्वागत गरेको कार्यक्रमको सहजीकरण संजिव मिश्राले गरेका थिए । कार्यक्रममा प्रेस संगठ पर्साका ३५ सदस्यि कार्य समिति र सलाहकार समितिलाई समेत फुलकाे माला, खादा र अविरकाे टिका लगाई कार्यक्रमका अतिथीहरुले बधाई तथा शुभकामना व्यक्त्त गरेका थिए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

वीरगंजमा विभिन्न कार्यक्रम गरि विश्व पाेलियाे दिवस मनाइयाे

कालिका टाईम्स

पर्सा प्रहरीद्वारा एक विघा गाँजा खेती नष्ट

कालिका टाईम्स

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता हुने

कालिका टाईम्स
SQL requests:216. Generation time:3.602 sec. Memory consumption:81.43 mb