23.8 C
Birgunj
24 October 2024
KALIKATIMES.COM

शरिरमा लागु औषध लुकाइछिपाई लगिरहेकाे अवस्थामा ५ जना पक्राउ

lagu awsadh_kalikatimes

वीरगंज । नेपालबाट भारततर्फ लैंजादै गरेको लागु औषध गाँजा सहित ५ जनालाई प्रहरीले पक्राउ गरेकाे छ । वीरगंज महानगरपालिका वडा नं.१८ निवासी वर्ष २० को फुलमह्मद मियाँ, बर्ष २० को नौसाद हुसेन, पर्साकाे सखुवा प्रसौनी गापा वडा नं. १ मधुवन मथुवल निवासी बर्ष १९ का एजाजुल देवान, बर्ष १९ को अली हुसेन देवान र बर्ष २१ को ईजाजुल मियालाई प्रहरीले पक्राउ गरेकाे हाे ।

जिल्ला प्रहरी कार्यालय पर्सा र प्रहरी चौकी ईनर्वा पर्साबाट खटिएको प्रहरी टोलीले  शनिबार दिउसाे ४:३० बजेको समयमा सरिरमा लुकाई छिपाई लैंजादै गरेकाे ७ किलाे गाँजा सहित पाँचै जनालाई पक्राउ परेका हुन् ।

बीरगंज महानगरपालिका वडा नं.१६ ईनर्वा स्थित सडक खण्डमा चेकजाँच गर्ने क्रममा पाँचै जनाकाे साथबाट लागु औषध फेलापारी निजहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेकाे जिल्ला प्रहरी कार्यालय पर्साले जनाएकाे छ ।

 

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

पर्सा प्रहरीद्वारा एक विघा गाँजा खेती नष्ट

कालिका टाईम्स

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता हुने

कालिका टाईम्स

माओवादी केन्द्र पाेखरियाले २१ बुंदे माग राख्दै नगरपालिकालाई बुझायाे ज्ञापन

कालिका टाईम्स
SQL requests:215. Generation time:4.818 sec. Memory consumption:81.41 mb