23.1 C
Birgunj
26 October 2024
KALIKATIMES.COM

निर्माण व्यवसायी संघ पर्साकाे १६ ‌औं सधारण सभा सम्पन्न, अधिबेशन स्थगित

nirman bewsai sangh_kalikatimes

वीरगंज । नेपाल निर्माण व्यवसायी संघ पर्साकाे १६ ‌औं सधारण सभा आज सम्पन्न भएकाे छ । नगर सभा गृह वीरगंजमा भएकाे सधारण सभाले संघकाे सदस्यता शुल्क रू ५१ हजारबाट घटाएर रु १५ हजार गर्ने निर्णय गरेकाे छ ।

संघकाे १६ औं सधारण सभा तथा ११ औं अधिबेशनकाे शुक्रबार नगर सभा गृहमा उदघाटन भए पनि सधारण सभा मात्र सम्पन्न भएकाे र अधिबेशन अदालतकाे अन्तिम निर्णय सम्मकाे लागि स्थगित भएकाे निर्माण व्यवसायी संघ पर्साका महासचिव सुरेश पटेलले वताए । असन्तुष्ट पक्षले गरेकाे अदालतमा गरेकाे मुद्दाकाे अन्तिम निर्णय नआउन्जेलकाे लागि नयाँ समिति चयनकाे लागि गरिने अधिबेश स्थगित गरिएकाे पटेलले जानकारी गराए ।

संघका पर्सा अध्यक्ष रामाकान्त चौरसियाको अध्यक्षतामा र नेपाल निर्माण व्यवसायी महासंघका केन्द्रिय उपाध्यक्ष सुरेन्द्र सिंहको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा महासंघका महासचिव रोशन दहाल, नेकपा पर्साका अध्यक्ष प्रभु हजरा, नेपाली कांग्रेस पर्साका सभापति अजय द्विवेदी, समाजवादी पार्टीका अध्यक्ष रामनरेश यादव, प्रदेश सभा सदस्य करिमा बेगम, नेकपा नेता राजकुमार गुप्ता, नेपाली कांग्रेसका नेता राजेन्द्र बहादुर अमात्य, नेकपाका वीरगंज महानगर अध्यक्ष रहबर अन्सारी, निर्माण संघ पर्साका सलाहकार रमेश पाण्डे, ध्रुप प्रसाद कुर्मी, साबिर अन्सारी, सुमित राैनियार लगायतकाे सहभागिता रहेकाे थिए ।

asantust pakxko vela_kalikatimes

यता निर्माण व्यवसायी संघ पर्साका असन्तुष्ट पक्षले शुक्रबार कृषी अनुसन्धान केन्द्र परवानीपुरमा छुटै भेला भएका थिए । संघका प्रथम उपाध्यक्ष दिवाकार पटेल पक्षकाे असन्तुष्ट पक्षले छुटै भेला हुनुकाे साथै भाेजभतेर समेत गरेका हुन् ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

उपेन्द्र यादवको अधिनायकवादले पार्टी विभाजन अनिवार्य बनायो : प्रदिप यादव

कालिका टाईम्स

सहकारी ठगहरूले उन्मुक्ति पाउँदैनन् : मन्त्री गुप्ता

कालिका टाईम्स

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता सम्पन्न, साउथजाेन मावि भए प्रथम

कालिका टाईम्स
SQL requests:217. Generation time:3.208 sec. Memory consumption:81.45 mb