27.7 C
Birgunj
24 October 2024
KALIKATIMES.COM

हिंसाको उच्च जोखिममा रहेका किशाेरीहरूलाई आत्मनिर्भर बनाउन बिभिन्न सामग्री सहयाेग

kishori sambad_kalikatimes

वीरगंज । किशाेरी संवाद कार्यक्रम अन्तर्गत ६ जना किशोरीहरुलाई आज विभिन्न सामग्री वितरण गरिएकाे छ । एक कार्यक्रमका बिच टेलर्स सामाग्री ४ जनालाई, बिउटी पार्लर सामाग्री १ जनालाई र खाजा तथा किराना पसलको लागी आवस्यक पर्ने सामाग्रीहरु १ जनालाई बितरण गरिएको किशोरी संवाद कार्यक्रमका संवाद अधिकृत प्रकाश पाण्डेले वताए ।

युरोपियन युनियनको आर्थिक सहयोग तथा नेपाल ग्रामीण पुननिर्माण संस्थाद्वारा संचालित किशोरी संवाद कार्यक्रम अन्तर्गत पर्साकाे वीरगंज महानगरपालिका वडा नं २९, ३० र ३१ का अति गरिव, दलित, जनजाती, मुस्लिम तथा अपांग भएका, बिधालय जानबाट बन्चित भएका किशाेरीहरुलाई सामग्री वितरण गरिएकाे उनले जानकरी गराए ।

बालबिवाह तथा बेचबिखनको उच्च जोखिममा रहेका किशोरीहरुलाई बालबिवाह तथा बेचबिखन हुनबाट बचाई आत्मनिर्भर बनाउने उदेश्यले सामग्री सहयाेग गरिएकाे पाण्डेले वताए ।

१ वर्षको संवाद केन्द्रमा भएको जिवन उपयोगी सिपहरुको  छलफलबाट आफ्नो  ब्युटि पार्लर पसल खोलि आत्मनिर्भर हुने सपना पुरा भएको दिव्या संवाद केन्द्र, कोनियाकी अन्जली चौधरीले वताईन ।

अपांग भएपनि आफुले लेडिज टेलर पसल खोलि आत्मनिर्भर हुने सपना थियो आज किशोरी संवाद कार्यक्रमले पुरा गरिदिएको साबित्रि कुमारी महत्तोले वताईन । 

त्यसैगरी किशोरीहरु, महिला तथा बालबालिकाका लागि स्वस्थ, पोषणयुक्त खाना/तरकारि प्रवर्धन गर्ने उदेस्यले पर्सा वीरगंज महानगरपालिका वडा नं २९, ३० र ३१ वाडमा ३५० जना र बाराका ४५० जना किशोरीहरुलाई बिउ बितरण गरिएको किशाेरी संवाद कार्यक्रमका सुपरभाईजर सुनेश्वर साहले वताए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

पर्सा प्रहरीद्वारा एक विघा गाँजा खेती नष्ट

कालिका टाईम्स

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता हुने

कालिका टाईम्स

माओवादी केन्द्र पाेखरियाले २१ बुंदे माग राख्दै नगरपालिकालाई बुझायाे ज्ञापन

कालिका टाईम्स
SQL requests:215. Generation time:3.871 sec. Memory consumption:81.41 mb