26 C
Birgunj
23 October 2024
KALIKATIMES.COM

जगरनाथपुर गापाका लक्ष्मीपुर टाेलवासीद्वारा ४ बुंदे ज्ञापन

gayapan_kalikatimes
सहायक प्रमुख जिल्ला अधिकारी बस्नेतलाई ज्ञापन पत्र बुझाउदै लक्ष्मीपुर टाेलवासी : कालिका टाईम्स

वीरगंज । पर्साकाे जगरनाथपुर गाउँपालिका वडा नं. २ लक्ष्मीपुर टाेल वासीहरुले ४ बुंदे ज्ञापन पत्र  मंगलबार जिल्ला प्रशासन कार्यालय पर्सामा बुझाएका छन् ।

टाेल वासीहरुले आर्थिक बर्ष २०७६/७७ काे वितरणा नभएकाे समाजिक सुरक्षा भत्ता यथासिघ्र वितरण गराउनु पर्ने, गाउँपालिका अध्यक्ष जालिम मियाँ आफ्नो इँटा भठ्ठामा सार्वजनिक कुलाे भत्तकाई मासेका कारण ७० विगहा खेती सिचांई प्रभावित भएका कारण पुन: कुलाे निर्माण गर्न जादा गाउँपालिका अध्यक्ष मियाँले राेक्ने गरेकाले प्रमुख जिल्ला अधिकारीबाट स्थलगत अनुगम गरी कुलाे निर्माण सुचारु गराउन, साविककाे घाेडदाैडा पिपरा वडा नं. ८ र ९ लाई जगरनाथपुर गापाकाे वडा नं. २ मा राखेकाे तर हाल ३ बर्ष हुनलाग्दा विकास निर्माणमा कुनै सहभागिता नगराईएकाेले सम्मानजनक सहभागिता र गाउँपालिका कार्यालयबाट दलितकाे बालबालिकाकाे भत्ता उपलब्ध गराउनु पर्ने ध्यानाकर्षण गराउदै ज्ञापन पत्र बुझाएका हुन् ।

सत्यनारायण प्रसाद चाैहान, जगदिश हजरा दुसाद, प्रभु प्रसाद चाैहान, जिउत महताे चाई, केशवर राम, जाेखु राउत लगायतकाले जिल्ला प्रशासन कार्यालय पर्सामा पुगी सहायक प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेतलाई ज्ञापन पत्र बुझाएका हुन् ।

यता जगरनाथपुर गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत अमित गिरीले पंजिकरण विभागबाट समाजिक सुरक्षा भत्ताकाे लागि आए जितिकाे वितरण गर्नकाे लागि वडा सचिवहरुलाई निकास गरि सकिएकाे र वाकी रहेकाे अपुग रकम मांग समेत गरि सकिएकाे वताए । उनले हाल समाजिक सुरक्षा भत्ता पाउनेहरुकाे अभिलेखिकरणकाे काम तिब्र गतिमा भइरहेकाे र १५ दिन भित्र भइसके पछि वाकी पनि वितरण गरिने वताए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

तलब नपाएकाे भन्दै शिक्षकहरु पढाउन छाडेपछि विद्यार्थीहरु आन्दाेलित

कालिका टाईम्स

जसपा नेपाल विन्दवासिनीका अध्यक्षले पनि छाडे पार्टी, जसपामा गरे प्रवेश

कालिका टाईम्स

खानेपानी मन्त्री यादवद्वारा एक सय दिनका उपलब्धिहरू सार्वजनिक

कालिका टाईम्स
SQL requests:217. Generation time:6.979 sec. Memory consumption:81.45 mb