30.7 C
Birgunj
24 October 2024
KALIKATIMES.COM

सडक बिस्तारकाे मांग गर्दै वीरगंजमा प्रदर्शन तथा महानगर अगाडी धर्ना

mahanagar agadi dharna_kalikatimes

वीरगंज । सडक विस्तारकाे मांग गर्दै वीरगंज बिकाश युवा संर्घष समितीले आज वीरगंजमा प्रर्दशन गरेको छ । वीरगंजकाे मुख्य सडक बिस्तारमा षडयन्त्र भएको भन्दै समितीले साेमबार पुनः वीरगंजमा प्रर्दशन गरेको हो ।

संघर्ष समितिकाे पूर्व निर्धारित विराेधकाे कार्यक्रम अन्तर्गत वीरगंजमा विराेध र्‍याली तथा धर्ना कार्यक्रम सम्पन्न भएकाे संघर्ष समितिका सचिव संदिप बिक्रम साहले वताए । वीरगंजकाे घण्टाघरबाट शुरु भएको विराेध र्‍याली वीरगंज महानगरपालिकाको कार्यलयमा पुगी धर्नामा परिणत भएकाे थियाे । महानगर कार्यालयकाे मुल गेटमा प्रदर्शनकारीहरु एक घन्टा धर्ना बसेका थिए ।

प्रर्दशनकारीहरुलाई मेयर बिजय सरावगीले समय नदिदा थप आक्रोशित हुदै प्रर्दशनकारीहरुले मेयर बिरुद्ध चर्को नारावाजी गर्दै राजिनामाको माँग समेत गरेका थिए । वीरगंजको मुख्य सडक २५/२५ मिटर नतोड्न मुद्दाकाे पेशी सर्वोच्च अदालतमा ५ पटक सरेका कारण त्यस भित्र ठुलो आर्थिक चलखेल भएको संर्घष समितीको आरोप छ ।

pradrsan ra dharna_kalikatimes

प्रर्दशनमा संर्घष समितीका अकलेश साह, संदिप बिक्रम साह, महमुद अंसारी, रंजित चौरसिया, बिवेक साह, रोमी साह, मुना मियाँ तेली, राकेश पटेल, धर्मेन्द्र पटेल, सदाम हुसेन, कलिम अंसारी, कलाम शेख रसमुदिन मंसुरी, दिपेन्द्र साह, दिनेश कुमार यादव, शुभनारायण ठाकुर लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

पर्सा प्रहरीद्वारा एक विघा गाँजा खेती नष्ट

कालिका टाईम्स

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता हुने

कालिका टाईम्स

माओवादी केन्द्र पाेखरियाले २१ बुंदे माग राख्दै नगरपालिकालाई बुझायाे ज्ञापन

कालिका टाईम्स
SQL requests:216. Generation time:4.425 sec. Memory consumption:81.42 mb