24.6 C
Birgunj
24 October 2024
KALIKATIMES.COM

पर्सा प्रहरीको कारवाही : न्याय माग्न जाँदा २८ दिन थुना

वीरगन्ज  । प्रहरी कहाँ न्याय माग्न पुगेकी बाराको जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर ७ नसिमटोलकी ३५ बर्षिय रिजवाना खातुन २८ दिन प्रहरी थुनामा बस्नु परेको घटना सार्वजनिक भएको छ । पर्सा प्रहरीले ठगि मुद्दामा झुठो आरोप लगाएर खातुनलाई २८ दिन थुनामा राखेको हो ।

खातुनकी सव परिवार शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरी प्रहरीले गरेको अत्याचार बारे खुलासा गर्दै न्याय माग्दा पैसा र पहुँचको बलमा बारा र पर्सा प्रहरीका प्रहरी अधिकृतले नै प्रताडित गरी २८ थुनामा राख्न लगाएको आरोप लगाएका हुन । छिमेकी अहमद देवानले माँग गरेको ५० हजार रुपैया सापटी नदिएपछि विभिन्न बहाना लगाएर घरमा पसेर निर्घात कुटपिट गरेका थिए ।

यही भदौ ४ गते देवान सहित उनका परिवार सहित १० जनाको समूहले एक्कासी मेरो घरमा आक्रमण गरेका थिए, पत्रकार सम्मेलनमा पिडित खातुनले भनिन् २२ बर्षिय बहिनी घरमा बसीरहेको अवस्थामा एकासी आक्रमण गरी निर्घात कुटपिट गरीरहेका थिए । बचाउँन जाँदा मलाई र मेरो १५ बर्षिय भाई मुमताज अंसारीलाई समेत निर्घात कुटिपट गरेका थिए ।

उनीहरुको कुटाईबाट बहिनी मुन्नी खातुन बेहोस भएकी थिईन । गम्भिर घाईते भएकी बहिनी मुन्नीलाई वीरगन्जको नारायणी अस्पतालमा दुईदिन सम्म भर्ना गरी उपचार गराउँदा सघन उपचार हुन नसकेपछि वीरगन्जकै नेशनल मेडिकल कलेजमा भर्ना गराएका थिए ।

त्यहाँपनि १० दिन भर्ना गरेर उपचार गराउँदा उपचार हुन नसकेपछि थप उपचारको लागि मेडिकल कलेजले काठमाण्डौ रेफर गरेको थियो । काठमाण्डौको बल्खुमा रहेको राजधानी अस्पतालमा १५ दिन राखेर संघन उपचार गराउँदा समेत अहिले पनि उनको स्वास्थ्य अवस्थामा पूर्ण सुधार आएको छैन उनले बताईन् ।

घटनामा संलग्न देवान सहित उनका श्रीमती गुलसन देवान, छोराहरु प्रवेज, राजु, गोरका देवान र उनीसंगै कुटपिटमा संलग्न स्थानिय जाकिर हुसैन, औरन्जेब अंसारी, रियावुल, रियाजुल र शेष रहमान विरुद्ध ज्यानमार्ने मुद्दा ईलाका प्रहरी कार्यालय सिमरा बारामा दिएको बताइन् ।

देवान राजपा पार्टीबाट आबद्ध छन । उनको पहुँच ठूला बडा सम्म छ । पैसाको बलमा खातुनले दिएको उजुरी प्रहरीले दर्ता गर्न मानेन् उल्टै घटनालाई मिलापत्र गर्न प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक गोविन्द पुरीले दबाब दिई रहे । जबरजस्ती पिडितकै घरमा गएर उनका आमा सहितका व्यक्तिलाई पक्राउ गरेर घटना मिलापत्र गराउँन खोजेको पिडितहरुको आरोप छ ।

घटनामा संलग्न दोषीलाई कारवाही गर्न कुटपिट गर्ने र घरमा लुटपाट समेत गरेको प्रमाणसहितको भिडियो उपलब्ध गराउँदा प्रहरीले उल्टै धाकधम्की देखाउँदा मिलापत्र गर्न दबाब दिएको पिडितले बताए ।

प्रहरी कार्यालय सिमराले मुद्दा दर्ता गर्न नमानेपछि उच्च अदालत जनकपुर अस्थायी ईजलास वीरगन्जबाट कारण देखाउँ परमादेश जारी समेत गराउँनु परेको थियो । सिमरा प्रहरी कार्यालयमा कात्र्तिक ८ पुग्दा प्रहरी नायब उपरिक्षक पुरीले उल्टै आफूलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय पर्साको जिम्मा लगाएको थियो ।

जिल्ला प्रहरी कार्यालय पर्सामा पिडक देवानकी बहिनी वीरगन्ज महानगरपालिका वडा नम्बर ३१ वेल्वाकी गुलवानी खातुनले दिएको ठगि मुद्दामा रिजवाना खातुनलाई नियन्त्रणमा थिएको थियो । गुलवानीले ४ लाख ८० हजार रुपैया दिएको दावी सहित ठगि मुद्दा दर्ता गराएका थिए तर उनले दिएको निवेदनमा रकम लेनदेनको कुनै प्रमाण छैन ।

जिल्ला अदालत पर्साको पछाडी चिया पसल थापेका कृष्ण प्रसाद लम्साललाई १ लाख रुपैयाको प्रलोभन देखाएर साक्षी बनाएर उनकै बयानको आधारमा प्रहरीले ठगि मुद्दा दर्ता गरेको उनको आरोप छ । उनले भनिन् जिल्ला अदालतमा ५ लाख धरौती राखेर आफू तारेखमा छुटेका छु ।

पर्साका प्रहरी उपरिक्षक सोमेन्द्र सिंह राठौर, मुद्दा शाखाका प्रहरी निरिक्षक असरफ अली, सिमरा प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक गोविन्द पुरीलाई मोटो रकम घुस दिएर प्रायोजित घटना बनाएर मुद्दा दबाउँनको लागि आफू माथि ठगिको झुठो आरोप लगाएर मुद्दा गरी २८ दिन थुनामा राख्न लगाएको पिडित खातुनले बताईन ।

पत्रकार सम्मेलनमा खातुनले भनिन् म कसैसंग कुनै रकम लेनदेन गरेको छैन, यदी गरेको छु भने प्रहरीले किन प्रमाण देखाएको छैन ? ठगि गरेको दावी गर्ने गुलवानी खातुनसंग आफनो कुनै सम्बन्ध वा चिनजान समेत छैन, यदी प्रहरी दावी गरीरहेको छ भने, मेरो कल डिटेल समेत चेकजाँच गर्दा कुनै प्रमाण किन फेला परेन ?

आफू ठगिएको भन्ने खातुनले खुश्बु नेशाको नामले उजुरी दर्ता गराएपनि प्रहरीले कुन आधारमा आफूलाई पक्राउ गरेको थियो ? उनले पत्रकार सम्मेलनमा आफनो नागरिकता समेत सार्वजनिक गर्दै मेरो नाम रिजवाना खातुन नागरिकतामा स्पष्ट लेखिएको छ तर प्रहरीले कुनै सुनवाई गरेन उल्टै थुनामा राखेर प्रताडित गर्ने काम ग¥यो ।

अन्यायमा परेको व्यक्ति न्याय माग्न प्रहरी कार्यालयमा पुग्छ तर त्यहाँका प्रहरीहरु नै पैसामा बिक्न थाल्यो भने, हामी कहाँ न्याय माग्न जान्छौ पर्सा प्रहरीको आफूले के विगारेका छौ किन आफूमाथि अन्याय र अत्याचार गरेका हुन प्रश्न गर्दै आफूलाई न्याय दिलाई दिन पत्रकार समक्ष गुहार गरेका छन ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

पर्सा प्रहरीद्वारा एक विघा गाँजा खेती नष्ट

कालिका टाईम्स

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता हुने

कालिका टाईम्स

माओवादी केन्द्र पाेखरियाले २१ बुंदे माग राख्दै नगरपालिकालाई बुझायाे ज्ञापन

कालिका टाईम्स
SQL requests:217. Generation time:4.538 sec. Memory consumption:81.44 mb