30.1 C
Birgunj
23 October 2024
KALIKATIMES.COM

जनता आवास कार्यक्रमलाई प्रभावकारी बनाउन प्रदेश सांंसदकाे छलफल

वीरगंज । जनता आवास कार्यक्रमलाई थप प्रभावकारी बनाउन प्रदेश सभा सदस्यहरु सँग छलफल बैठक सम्पन्न भएको छ ।

सहरी विकास भवन डिभिजन कार्यालय पर्सामा आज बसेको बैठकले जनता आवास कार्यक्रम अन्र्तगत पर्सा जिल्लामा निर्माणाधिन घरहरुको काम तिब्र गतिमा अगाडि बढाउन कार्यक्रममा सहभागीहरुले जोड दिएका थिए । पर्सा जिल्लामा गरिब, बिपन्न, दलित वर्गहरुको घर निर्माण कार्य अधुरा रहेकोले त्यसलाई छिटोभन्दा छिटो तिब्र गतिमा अगाडि बढाउन निर्णय गरिएको हो ।

जनता आवास कार्यक्रम पर्साका संयोजक एवं प्रदेश सभा सदस्य रमेश प्रसाद कुर्मीको सभापतित्वमा बसेको बैठकमा प्रदेशसभा सदस्यहरु करिमा बेगम, मञ्जुर आलम, शंकर चौधरी, प्रहलाद गिरी, सिंगासन साह कलवार, रागिनी वर्णवाल, अंजु यादव, सहरी विकास भवन डिभिजन कार्यालय कार्यालय पर्साका अधिकृत सरोज गोईत लगायतको सहभागीता रहेको युवा नेता शेख फिरोजले जानकारी दिनु भयो ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

सिनेमा हलमा एमआरपीभन्दा बढी मूल्यमा खानेकुरा बिक्री गर्न नपाइने

कालिका टाईम्स

तलब नपाएकाे भन्दै शिक्षकहरु पढाउन छाडेपछि विद्यार्थीहरु आन्दाेलित

कालिका टाईम्स

जसपा नेपाल विन्दवासिनीका अध्यक्षले पनि छाडे पार्टी, जसपामा गरे प्रवेश

कालिका टाईम्स
SQL requests:216. Generation time:4.272 sec. Memory consumption:81.44 mb