31.7 C
Birgunj
23 October 2024
KALIKATIMES.COM

स्वय‌ं सेविका दिवसकाे अवसरमा कालिकामाईमा र्‍याली तथा हाजरी जवाफ प्रतियाेगिता

वीरगंज । “गाउँ नगरमा महिला स्वास्थ्य स्वय‌ं सेविका, स्वास्थ्य प्रवर्धनमा अहम भुमिका” भन्ने नाराका साथ देश भर मनाइए जस्ताे १६ औं महिला स्वास्थ्य स्वयं सेविका दिवस पर्सामा पनि बिहिबार मनाइएकाे छ । स्वयं सेविका दिवसकाे अवसरमा पर्साकाे कालिकामाई गाउँपालिकामा र्‍याली तथा हाजरी जवाफ प्रतियाेगिताकाे आयाेजना गरी मनाइएकाे हाे ।

कालिकामाई गाउँपालिकाकाे आयाेजनामा निस्केकाे र्‍याली वडा नं. ५ बिरन्चीबर्वा गाउँकाे परिक्रममा गरी सम्पन्न भएकाे थियाे ।

त्यस पश्चात भएकाे हाजरी जवाफ प्रतियाेगितामा हरिहरपुर स्वास्थ्य केन्द्रका महिला समुह प्रथम, मुडली स्वास्थ्य केन्द्रका महिला समुह द्वितिय र पशुरामपुर स्वास्थ्य केन्द्रका महिला समुह तृतिय भएकाे गाउँपालिका कार्यालयका स्वास्थ्य संयाेजक याेगेन्द्र चाैरसियाले वताए ।

विजेता तिनै महिला समुहलाई गाउँपालिका अध्यक्ष नथुनी प्रसाद कुशवाहा, उपाध्यक्ष राजेश चाैरसिया र प्रमुख प्रशासकिय अधिकृत राजु साहले पुरस्कृत गरेका थिए । साे अवसरमा गाउँपालिका अन्तर्गतका ४५ जन महिला स्वयं सेविकाहरुलाई छाता र टर्च पनि वितरण गरिएकाे स्वास्थ्य संयाेजक चाैरसियाले जानकारी गराए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

तलब नपाएकाे भन्दै शिक्षकहरु पढाउन छाडेपछि विद्यार्थीहरु आन्दाेलित

कालिका टाईम्स

जसपा नेपाल विन्दवासिनीका अध्यक्षले पनि छाडे पार्टी, जसपामा गरे प्रवेश

कालिका टाईम्स

खानेपानी मन्त्री यादवद्वारा एक सय दिनका उपलब्धिहरू सार्वजनिक

कालिका टाईम्स
SQL requests:217. Generation time:3.996 sec. Memory consumption:81.45 mb