27.7 C
Birgunj
24 October 2024
KALIKATIMES.COM

 नर्सिंग शसक्तिकरण सम्बन्धि ३ दिने तालिम सम्पन्न

वीरगञ्ज । नेपाल नर्सिंग संघ (नान) पर्साद्वारा आयोजित प्रशंसनिय खोज तथा पेशागत संचारको सिप सम्बन्धी ३ दिने तालिम आज सम्पन्न भएको छ ।

नर्सिंग कर्मचारीको लागि शसक्तीकरण तथा स्वास्थ्य संस्थाको बिकासको बारेमा नर्सहरुलाई जानकारी गराउने तथा सेवा प्रति हौसला प्रदान गर्ने अभिप्रायले तालिमको आयोजना गरीएको नारायण्ी अस्पताल वीरगञ्जकी निमित्त मेट्रोन श्रुति साहले बताउनुभयो ।

नान पर्साकी निमित्त अध्यक्ष हेमा थापाको सभापतित्वमा भएको तालिममा ८० जना बिभिन्न स्वास्थ्य संस्थाहरुसँग आबद्ध नर्सहरुको सहभागिता रहेको थियो । नारायणी अस्पतालको सभाहलमा भएको तालिमको समापन समारोहलाई सम्बोधन गर्दै नारायणी अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्टन डा. अतुलेश कुमार चौरासियाले नर्सहरु अस्पतालका मेरुदण्ड भएकोले नर्सहरुबिनाको स्वास्थ्य सेवाको कल्पना गर्न नसकिने धारणा राख्नुभयो ।

३ दिन सम्म चलेको तालिममा डा. रामचन्द्र लामीछाने र बिपि कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानकी प्राध्यापक डा. तारा थापाले सहभागिहरुलाई नर्सको जिम्मेवारी, स्वास्थ्य संस्थाप्रतिको उत्तरदायित्व, कामप्रति इमान्दारीता लगायका बिषयमा प्रशिक्षण दिनूभएको थियो ।

तलिममा नेशनल मेडिकल कलेज वीरगंजकी नर्सिंग डाइरेक्टर गंगा गुरुंग, वीरगंज नर्सिंग क्याम्पसकी क्याम्पस प्रमुख सुर्या कोइराला लगायतको उपस्थिती रहेको थियो । कार्यक्रमको सहजिकरण वीरगंज नर्सिगं क्याम्पसकी उपप्राध्यापक जमुना भट्टराईले गर्नुभएको थियो ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

पर्सा प्रहरीद्वारा एक विघा गाँजा खेती नष्ट

कालिका टाईम्स

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता हुने

कालिका टाईम्स

माओवादी केन्द्र पाेखरियाले २१ बुंदे माग राख्दै नगरपालिकालाई बुझायाे ज्ञापन

कालिका टाईम्स
SQL requests:215. Generation time:3.562 sec. Memory consumption:81.41 mb