वीरगंज । वीरगंजमा ई रिक्सा चालकहरुकाे संलग्नतामा मै यात्रुहरु लुटिन थालेका छन् । सर्वसाधारण ई रिक्सा चढी आफ्नाे गन्तव्य तर्फ जानेक्रममा ई रिक्सा चालक कै संलग्नता मै लुटिन थालेका हुन् ।
वीरगंज देखी रक्साैल जानेक्रममा आज एक महिला लुटिएकी छिन् । वीरगंजकाे घण्टाघरबाट ई रिक्सा चढेर रक्साैल जाने क्रममा वीरगंज पानीटंकी निवासी गुन्जन गुप्ता लुटिएका हुन् । दिदी र भतिजी संगै ई रिक्सा चढेर रक्साैल जादै गरेकी गुप्ताकाे पर्चमा रहेकाे गर गहना र रुपया पैसा लुटिएकाे हाे । गुप्ताकाे पर्चमा रहेकाे सुनकाे हार, झुम्का र भारु ५ हजार नगद गरी लुटेरा समुहले एक लाख भन्दा बढी धनमाल लुटन सफल भएका छन ।
वीरगंज ब्यारक नजिक रहेकाे डाबरकाे कार्यालय अगाडीबाट गुप्ता ई रिक्सा चढी रक्साैल तर्फ लागेकी थिईन । साेही रिक्सामा केही समय मै तिन जना महिलाहरु पनि चढेका थिए । तर ति महिलाहरु रक्साैल पुग्नु भन्दा पहिला नै रिक्साबाट चालकलाई बिना भाडा दिईकन झरेकाे पिडित महिला गुप्ताले वताईन । उनले भनिन् रिक्सा मितेरी पुल सम्म जान्छ, तर ति महिलाहरु वीरगंज भन्सार क्रस भए पछि नै झरिन र ई रिक्सा चालकलाई भाडा पनि दिएनन् । त्यही भएर आफु चढेकाे ई रिक्सावालाकाे पनि याे घटनामा संलग्नता हुनसक्छ ।
उनी मित्रेरी पुलमा रिक्साबाट झरेर पैदल रक्साैल पुगी कपडा समेत किनेर पसलवालालाई पैसा दिन पर्च खाेल्दा पर्चमा रहेकाे पैसा र गरगहना नदेखे पछि बेहाेस समेत भएकी थिइन । केही समयमा हाेसमा आए पछि उनी वीरगंज फिर्ता आई जिल्ला प्रहरी कार्यालय पर्सामा पुगी लिखित आफु लुटिएकाे जानकारी गराउदै उजरी पनि दिएकाे वताईन ।
ई रिक्सा चढेकाे ठाउँमा सिसि केमरा जडान रहेकाेले प्रहरीले सिसि केमरामा कैद भिडियाेबाट ई रिक्सा चालकलाई पहिचान गरी चालक पक्राउ गरी अनुसन्धान गर्याे भने लुटेरा समुह पक्राउ गर्न सजिलै सकिने पिडित गुप्ताले वताईन ।
यस्ता घटनाहरु थुप्रै घटेकाे सुनिन्छ । वीरगंज देखी रक्सौलसम्म चल्ने ई-रिक्सामा पर्श लुटेरा महिला समूहहरु सकृय छन । २ देखी ३ जना सम्मकाे समुहमा रहेका उनिहरु प्राय: बैग,पर्श, बच्चा लिएका यात्री चढ्ने ई-रिक्सामा उनिहरु पनि चढ्छन र ठेलमठेल गरेर बस्छन र पर्शको चैन खोलेर सबै रुपैया र गहना गायब गरेर बीचबाटोमा नै झर्छन। वीरगंज पानीटंकी निवासी सिवचरण राैनियारले भने यस तर्फ सम्बन्धित निकायकाे ध्यान जान जरुरी देखिन्छ ।
यस्तै ई-रिक्साका केहि चालकहरु रातिकाे समयमा वीरगंजबाट रक्सौल जाने यात्रीलाई नक्कली भारतिय रुपैया फिर्ता दिने गरेका छन । राैनीयारले भने छठको समयमा म आफै पिडित भए । अँध्यारो ठाउमा रिक्सा रोक्छन र फिर्तामा नक्काली रुपैया मिसाएर दिने गर्छन । ट्रेन, बस छुट्ने यात्रीको हतारको फाइदा उठाउछन । यस्ता गतिबिधिले वीरगंजकाे बद्नामी हुने भएकाेले सम्बन्धित निकायको ध्यान जाओस उनले भने ।