7 April 2025
KALIKATIMES.COM

पर्साकाे महुवन मतदान केन्द्रमा ८२ प्रतिशत मत खस्याे

mahuwan matdan kendra2_kalikatimes

वीरगंज । पर्साकाे सखुवा प्रसाैनी गाउँपालिकाकाे वडा नं. ५ महुवनकाे उपनिर्वाचन आज कडा सुरक्षाकाे बिच शान्तिपूर्ण रुपले सम्पन्न भएकाे छ । श्री नेपाल राष्ट्रिय मा‍.वि. महुवन मतदान केन्द्रमा भएकाे मतदानमा जम्मा २ हजार एक सय २८ मत खसेकाे छ ।

महिला ९ सय १७ र पुरुष एक हजार २ सय ११ गरी जम्मा २ हजार एक सय २८ मत खसेकाे निर्वाचन अधिकृत रंजिता झाले वताइन । २ हजार ६ सय २ मतदाता  मध्ये ८२ प्रतिशत मतदान भएकाे अधिकृत झाले जानकारी गराइन । कडा सुरक्षाकाे विच विहान ७ बजे देखी सुरु भएकाे मतदान शान्तिपूर्ण रुपले सांझ ५ बजे सम्पन्न भएकाे हाे ।

हाल मतपेटिका मतगणता केन्द्र औंराहा पाँचगावामा लग्ने कार्य भइरहेकाे हाम्रा सम्वाददाताले जनाएका छन् । मतपेटिका मतगणना केन्द्रमा पुगि सके पछि सर्वदलिय बैठक बसी मतगणना सुरु गरिने वताइएकाे छ ।

मतदान केन्द्रलाई तिन तहकाे सुरक्षा निकायले सुरक्षा दिएका थिए । पहिलाे चरणमा जनपथ प्रहरी, दाेस्राेमा सशस्त्र प्रहरी र तेस्राेमा नेपाली सेना गरी तिन तहका सुरक्षा निकायले सुरक्षा दिएका थिए । २५ जना सेना गरी जनपथ र सशसत्र प्रहरीकाे वाक्लाे संख्यामा शान्ति सुरक्षाकाे लागि खटाइएकाे थियाे । मतदान केन्द्रलाई चारै तर्फबाट सेनाले घेरा हालेर सुरक्षा दिएकाे थियाे ।

मतदान केन्द्र भन्दा ५ सय मिटर टाढा आम जनतालाई राखिएकाे थियाे । आ आफ्नाे उम्मेदवारकाे समर्थनमा उम्मेदवारी दिएका दलका नेता तथा स्थानियहरुकाे भिड लागेकाे थियाे ।

वडाध्यक्षकाे लागि भइरहेकाे उपचुनावमा नेकपाबाट उदयशंकर, नेपाली कांग्रेसबाट अशेसर यदाव, समाजवादी पार्टीबाट रुपलाल यादव, राप्रपाबाट सदरी महरा र स्वतन्त्र उम्मेदवार गाेपाल साह कानु गरी ५ जना चुनावी प्रतिस्पर्धामा छन् ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

अझै पनि परम्परागत ढक तथा तराजुकाे प्रयोग, घाटा व्यहोर्नु परेको गुनासो

कालिका टाईम्स

वीरगंजमा टी२० महिला तथा पुरुष क्रिकेट प्रतियोगिता सुरु

कालिका टाईम्स

नगर प्रमुख पाठककाे अभिव्यक्ति प्रति कांग्रेसकाे आपत्ति, विवादित शिक्षक नियुक्ति रद्द गरि पुन: गर्न माग

कालिका टाईम्स
SQL requests:215. Generation time:7.414 sec. Memory consumption:82.44 mb